Follow us:


Follow us

२४ जेठ २०८३, आइतवार
२४ जेठ २०८३, आइतवार


बजेट तथा कार्यक्रम तर्जुमा समितिबाट संशोधित बजेट कार्यपालिकामा पठाउने निर्णय

एक्सन खबर
पौष, २८, २०८०


बजेट तथा कार्यक्रम तर्जुमा समितिबाट संशोधित बजेट कार्यपालिकामा पठाउने निर्णय

काठमाडाैं । काठमाडौँ महानगरपालिकाकाे बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठकले संशोधित बजेट सम्बन्धी प्रस्ताव कार्यपालिकामा पठाउने निर्णय गरिएको छ । आज उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

चालु आर्थिक बर्षका लागि बिनियोजन गरिएको बजेटको सीमामा फरक नपर्ने गरी कार्यान्वयन हुन नसकेका आयोजना तथा कार्यक्रमलाई कार्यान्वयन गर्न सकिने कार्यक्रममा संशोधन गर्न सकिने व्यवस्थाबमोजिम विभागहरुबाट प्राप्त मागका विषयमा छलफल गर्दै समितिले संशोधन सिफारिस गरेको हो ।  

समितिले पठाएको प्रस्तावका बारेमा पुस २९ गते बस्ने कार्यपालिका बैठकमा छलफल हुनेछ । कार्यपालिका बैठकपछि त्यसै दिन नगर सभाको १४ औँ अधिवेशन सुरु गर्ने महानगरपालिकाको तयारी छ ।

वैठकमा प्रवक्ता नविन मानन्धरसहित विषयगत समितिका संयोजकहरु, सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, सदस्यहरु बाबुराम भट्टराई, सुरजराज काफ्ले,  निमित्त प्रमुख प्रशासकीय अधिकृत सीताराम कोइराला, विभागीय प्रमुखहरु उपस्थित थिए ।













0 प्रतिकृया