Follow us:


Follow us

१७ भदौ २०८३, बुधवार
१७ भदौ २०८३, बुधवार


‘गठबन्धन सरकार छिमेकीका लागि घुँडा टेकुवा’ केपी शर्मा ओली

एक्सन खबर
माघ, २, २०८०


‘गठबन्धन सरकार छिमेकीका लागि घुँडा टेकुवा’ केपी शर्मा ओली

काठमाडौं । मुलुक बर्बाद हुनबाट जोगाउन केही समयभित्र सशक्त आन्दोलनमा उत्रनुपर्ने अवस्था सिर्जना भइरहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । देशको अवस्था अहिलेजस्तो खराब कहिले पनि नभएको जिकिर गर्दै ओलीले मुलुक बचाउन  सशक्त आन्दोलनमा उत्रनुपर्ने बताएका हुन् ।

एमाले केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूकाे पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदै अध्यक्ष ओलीले नेपाली समाज, राजनीति, अर्थतन्त्र, संस्कृति हरेक क्षेत्रमा आक्रमण भइरहेको चर्चा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्दै राष्ट्र जोगाउने पक्षमा भूमिका निर्वाह गर्नुपर्ने अवस्था रहेको बताए । मुलुकमा धार्मिक विद्वेष फैलाउने र पहिचानका नाममा राजनीति भाँड्ने काम भइरहेको उनकाे भनाइ छ ।

अध्यक्ष ओलीले विद्युत व्यापार, देशको भू–भागको रक्षा लगायतका विषयमा वर्तमान गठबन्धन सरकार छिमेकीका लागि कम्फर्टेवलमात्र नभई घुँडाटेकुवा, दलाल र आत्मसमर्पणवादी भएको जिकिर गरे । पार्टीभित्र अराजकता र अनुशानहीनता जस्ता कुरा स्वीकार्य नहुने स्पष्ट गर्दै आगामी २०८१ पार्टीका लागि शुद्धीकरण र सुदृढीकरणको वर्ष हुने बताए ।

अध्यक्ष ओलीले २६औं सचिवालय बैठकबाट मनोनीत छ जना केन्द्रीय कमिटी सदस्यहरूलाई आज पार्टी कार्यालय, च्यासलमा शपथ गराए । शपथ ग्रहण गर्नेहरूमा दामोदर भण्डारी, विनोद शाह, केशव पाण्डे, रामऔतार यादव, तुलसी न्यौपाने र दीपक कार्की छन् । भण्डारी, शाह, पाण्डे, यादव र न्यौपाने निवर्तमान प्रदेश कमिटीका अध्यक्ष हुन् भने कार्की झापा जिल्ला अध्यक्ष थिए ।














0 प्रतिकृया