वी.पी. प्रतिष्ठानकाे विवाद समाधान गर्न स्वास्थ्यमन्त्री सँग छलफल
एक्सन खबर
काठमाडाैं । राजनीतिक दलकाे प्रतिनिधि मण्डल र स्वास्थ्य मन्त्री माेहन बहादुर बस्नेत वीच धरानस्थित वी.पी. काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे जारी पदाेदाेन्नति आन्दाेलन र समस्याका विषयमा गम्भीर छलफल संवाद भएकाे छ ।
छलफलका क्रममा शिक्षक कर्मचारीका बढुवाका विषयमा तत्काल कार्यकारीणी समितिकाे बैठक बसी सञ्चालक परिषदमा पेस गर्ने प्रस्ताव तयार गर्ने र सञ्चालक परिषदकाे विशेष बैठक बाेलाउने कुरा भएकाे नेपाली काँग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए । का.स. र सिनेटकाे बैठकले शिक्षक कर्मचारीकाे पदाेन्नतिका माग संवाेधन हुने तामाङले बताए ।
स्वास्थ्य मन्त्री बस्नेतले प्रतिष्ठानकाे विषयमा आफु अत्यन्त गम्भीर भएकाे भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा, मुख्य सचिव बैकुण्ठ अर्यालसँग संयुक्त बैठक बसेकाे बताउँदे मुख्य सचिवलाई माग संवाेधन गर्न आवश्यक गृहकार्य गर्न जिम्मेवारी दिईएकाे समेत बताए ।
टाेलीमा कांग्रेस केन्द्रीय सदस्य एवम् पुर्वमन्त्री मीन विश्वकर्मा, प्रदेश सांसद विजय राई, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जीवन राई, पुर्व मेयर तिलक राई, काँग्रेस नगर सभापति श्याम पाेखरेल, नेकपा एमाले नगर अध्यक्ष हर्कजंग एभेङ, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष मनाेज भट्टराई, काँग्रेेस नगर उपसभापति तथा १८ नं. वडा अध्यक्ष प्रविन राई, जसपा नगर अध्यक्ष ताजुव लिम्बू लगायत सहभागी थिए ।
प्रतिनिधि मण्डलले मुख्य सचिव बैकुण्ठ अर्याललाई समेत भेट्ने सभापति तामाङले बताए । विवाद हल गर्न भन्दै प्रतिष्ठानका निमित्त उपकुलपति, अस्पताल निर्देशक, रजिष्ट्रार तथा शिक्षाध्यक्ष समेत काठमाडाैं आएका छन् ।
0 प्रतिकृया