Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


‘छैठौं नेपाल एग्रीटेक’ माघ १२ देखि भृकुटीमण्डपमा

एक्सन खबर
माघ, ५, २०८०


‘छैठौं नेपाल एग्रीटेक’ माघ १२ देखि भृकुटीमण्डपमा

काठमाडाैं । ‘छैठौं नेपाल एग्रीटेक’ माघ १२ देखि तीन दिनसम्म  काठमाडौँको भृकुटीमण्डपमा आयोजना गर्न गइरहेको छ । कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले मिडिया स्पेस सलुसन, फुटुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट, एक्जिविसन एण्ड ट्रेड सर्भिस इन्डियाले संयुक्त रुपमा कृषि सम्बन्धी बृहत अन्तराष्ट्रिय प्रर्दशनी आयोजना गर्न लागेकाे हाे ।

प्रर्दशनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरुका १०० भन्दा बढी स्टलहरु रहने आयोजकले जनाएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रि बेदुराम भुसालले उद्घाटन गर्ने प्रर्दशनीलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मुक्तिनाथ कृषि कम्पनि तथा नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, राष्ट्रिय कृषक समुह महासंघ, नेपाल कृषि सहकारी केन्द्रिय संघले सहकार्य गरेका छन् ।
 
प्रर्दशनीमा कृषिका विभिन्न विधाहरु जस्तै कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिचाई, बिषादी रहित कृषि इत्यादीका बारेमा जानकारी प्राप्त गर्न सकिने छ ।

उक्त प्रर्दशनीमा देशभरीबाट बढी भन्दा बढी उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरुले प्रर्दशनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने कुरामा बिश्वास लिइएको छ ।

साथै यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा कृषकहरुका समस्याहरुलाई समाधान गर्ने उद्देश्यले कृषिका विभिन्न बिषयमा स्वदेशी बिज्ञहरुद्वारा सेमिनार आयोजना हुने तथा देशभरि बाट आउनु हुने कृषकहरुलाई कृषि प्रबिधि, कृषिका विभिन्न विधाहरुको बारेमा जानकारी गराउने कार्यक्रम समेत रहेको छ ।
 
उक्त प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्‍याउने साना साना औजार, मेशिनदेखी लिएर डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने उपकरणहरुको प्रदर्शनी गरिने तथा नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पुर्‍याउन यो प्रदर्शनी कोशे ढुंगा सावित हुने आयोजक कम्पनीको बिश्वास छ ।

प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्धारा कृषि उत्पादन बृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ ।














0 प्रतिकृया