Follow us:


Follow us

६ जेठ २०८३, बुधवार
६ जेठ २०८३, बुधवार


‘संसदभित्र सहकारी चोर छ’ भन्दै रवि लामिछाने विरुद्ध उजुरी दर्ता

एक्सन खबर
माघ, ५, २०८०


‘संसदभित्र सहकारी चोर छ’ भन्दै रवि लामिछाने विरुद्ध उजुरी दर्ता

काठमाडाैं । नेपाल विद्यार्थी संघले सहकारी विभागलाई ठुलो सहकारी घोटाला बारेमा जाँच गर्न र दोषीहरूलाई कडा कारवाही गर्न चेतावनी दिएको छ । नेपाल विधार्थी संघले सहकारी विभागमा उजुरी दर्ता गरेर कारबाही गरेको छ ।

सांसद र पुर्व उपप्रधान र गृहमन्त्री रवि लामिछानेका तर्फबाट विभिन्न सहकारी संस्थाहरूबाट ३२ करोड ४५ लाख रुपैयाँ घुस लिएर आफ्नो संलग्न गोर्खा मिडियाको खातामा ट्रान्सफर गरेको आरोप लागेको छ । नेविसंघले सहकारी विभाग अगाडी उजुरी दर्ता गरे सँगै विभिन्न नाराहरु सहित प्रदर्शन समेत गरेको थियो ।

नेविसंघले यस्तो घोटालाले नेपालको आर्थिक, सामाजिक र राजनीतिक विकासमा गम्भीर असर पारेको बताएको छ । नेपाली जनताको सहकारी संस्थाहरूमा रहेको विश्वासलाई कमजोर पारेको छ र राजनीतिक नेताहरूप्रति जनताको आस्था ह्रास गरेको छ । नेविसंघले प्रदर्शनका क्रममा यस्तो अनैतिक कार्यले नेपाली लोकतन्त्रको मूलभूत सिद्धान्त र संस्थागत विश्वासलाई कमजोर पारेको दाबी गरेको छ ।

नेविसंघ केन्द्रिय सदस्य आदर्श मल्लले सहकारी विभागलाई यस प्रकरणप्रति गम्भीरतापूर्वक ध्यान दिन, तत्काल जाँच गर्न र संलग्न व्यक्तिहरूमाथि कडा कानूनी कारवाही गर्न विभाग सामु माग गरे । संघले आफ्नो प्रतिबद्धतामा अटल रही नेपाली जनताको हित र लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्ने बताएको छ ।

प्रदानकर्ता नेविसंघका काभ्रे जिल्ला सभापति अन्जन राज खतिवडाले यदि यो मागलाई अनदेखा गरिएमा शक्तिको आडमा नेपाली जनताको हक र अधिकारका लागि निरन्तर संघर्ष गर्ने र आवश्यक राजनीतिक तथा सामाजिक कदम चाल्ने चेतावनी दिए । शक्ति र पदको आडमा अपराध र अपाराधीलाई ढाकछोप गर्ने काम भएमा नेविसंधले त्यसको कडा प्रतिवाद गर्ने जिल्ला अध्यक्ष सरोज धोरासैनीले रजिष्ट्रार सामु जनाए ।














0 प्रतिकृया