वी.पी. प्रतिष्ठानमा एमविविएसकाे काेटा थप गर्न शिक्षामन्त्रीलाई अनुराेध
एक्सन खबर
काठमाडाैं । राजनीतिक दलकाे प्रतिनिधि मण्डलले शिक्षामन्त्री मन्त्री अशाेक राईसँग चिकित्शा शिक्षा विधेयक संशाेधन सम्बन्धमा छलफल गरी धरानस्थित वी.पी. काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान एमविविएस अध्ययन काेटा थप ५० वृद्वि गर्न आग्रह गरेका छन् । छलफलमा मन्त्री राईले सम्बन्धित पक्षहरुसँग छलफल गर्ने बताए ।
छलफलका क्रममा प्रतिष्ठानकाे आत्मनिर्भर्ता र स्थायित्वका लागि प्रतिष्ठानकाे क्षमता अनुसार ५० सीट थप गर्नु पर्ने साेका लागि चिकित्सा शिक्षा विधेयक संशाेधन गर्नु जरुरी रहेकाे विषय मन्त्री समक्ष राजनीतिक टाेलीले राखेकाे नेपाली काँग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए ।
टाेलीमा काँग्रेस क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, पुर्व मेयर तिलक राई, काँग्रेस नगर सभापति श्याम पाेखरेल, नेकपा एमाले नगर अध्यक्ष हर्कजंग एभेङ, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष मनाेज भट्टराई, काँग्रेेस नगर उपसभापति तथा १८ नं. वडा अध्यक्ष प्रविन राई, जसपा नगर अध्यक्ष ताजुव लिम्बू लगायत सहभागी थिए ।
राजनीतिक दलहरूले यसअघि स्वास्थ्यमन्त्री माेहनबहादुर बस्नेत, कांग्रेस सभापति शेरबहादुर देउवा समक्ष भेट गरी प्रतिष्ठानकाे विवाद समाधान गर्न अनुराेध गरेका थिए ।
0 प्रतिकृया