केएमसीको निःशुल्क स्वास्थ्य शिविर भक्तपुरको थिमीमा
एक्सन खबर
भक्तपुर । काठमाडौं मेडिकल कलेजले भक्तपुरको थिमीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । केएमसीले मध्यपुर थिमी नगरपालिका वार्ड नं. २ सँगको सहकार्यमा सहरी स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर चलाएको हो ।
शिविरमा ४३० जना सर्वसाधारणको स्वास्थ्य जाँच गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालकाअनुसार शिविरमा १२५ जनाको भिडियो एक्सरे, ५५ जनाको ल्या परिक्षण, ७७ जनाको इसिजी गरिएको छ । त्यस्तै शिविरमा आएका मध्ये नौ जनाको दाँत खोलिएको छ भने, २७ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।
शिविरमा जनरल मेडिसिन, बाल रोग, मानसिक तथा नसा रोग, हाडजोर्नी, प्रसुति तथा स्त्री रोग, शल्यक्रिया, छाला तथा यौन रोग, नाक कान घाँटी, न्यूरो सर्जरी, किड्नी, दन्त तथा आँखा रोग सम्बन्धी सेवा दिइएको छ ।
केएमसीले सामाजिक उत्तरदायित्व अन्तरगत समय समयमा निःशुल्क स्वास्थ्य शिविर चलाउँदै आएको छ । गरिब तथा विपन्न नागरिकलाई घरदैलोमै निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न तत्कालिन केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिलकुमार शर्मा (हाल प्रतिनिधि सभा सदस्य) ले निःशुल्क स्वास्थ्य शिविरको थालनी गरेका हुन् । डा. शर्माले सुरु गरेको निःशुल्क स्वास्थ्य शिविरबाट काठमाडौं उपत्यकासँगै दुरदराजका गरिब, विपन्न, असहाय नागरिक बढी लाभान्वित भइरहेका छन् ।
0 प्रतिकृया