Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


दुर्घटनामा नेशनल मेडिकल कलेजका दुई विद्यार्थीको मृत्यु

एक्सन खबर
माघ, ७, २०८०


दुर्घटनामा नेशनल मेडिकल कलेजका दुई विद्यार्थीको मृत्यु

विरगञ्ज । मोटरसाइकल दुर्घटनामा नेशनल मेडिकल कलेज विरगञ्जमा एमबीबीएस अध्ययनरत दुई विद्यार्थीको मृत्यु भएको छ । वीरगञ्जमा आइतबार बिहान भएको माेटरसाइकल दुर्घटनामा धनुषाका सुमित यादव र बारा सुवर्णपुरका सञ्चित यादवकाे मृत्यु भएकाे हाे ।

उनीहरू वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत थिए । वीरगञ्ज महानगरपालिका–१५ स्थित आयुर्वेद अस्पताल चोकमा प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाइकल दुर्घटना भएकाे थियाे ।

पर्साका प्रहरी प्रवक्ता डीएसपी कुमारविक्रम थापाले दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको जानकारी दिए । मोटरसाइकल तीव्र गतिमा रहेकाले अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।













0 प्रतिकृया