केएमसीमा आवासिय चिकित्सकका लागि एकदिने मास्टर क्लास
एक्सन खबर
काठमाडौं । काठमाडौं मेडिकल कलेजमा आवासिय चिकित्सकहरुका लागि छाती तथा थाइरोइड सम्बन्धी विषयमा एक दिने पी.जी.मास्टर क्लास सञ्चालन गरिएको छ । नेपाल शल्य चिकित्सक समाज र काठमाडौं मेडिकलको सर्जरी विभागको आयोजनामा भएको पी.जी.मास्टर क्लासमा छाती तथा थाइरोइड रोगको पहिचान र उपचार विधिबारे विशेषज्ञ डाक्टरहरुबाट प्रशिक्षण दिइएको छ ।
प्रशिक्षणमा काठमाडौं मेडिकल कलेज, चिकित्सा अध्ययन संस्थान, नेपाल मेडिकल कलेज तथा आर्मी कलेजका गरी ५० पी.जी. चिकित्सकहरुको सहभागिता रहेको थियो । छाती तथा थाइरोइड रोगको पहिचान, सर्जिकल उपचार उपकरण ब्यवस्थापन लगायतका विषयमा आवासिय चिकित्सकहरुलाई प्रशिक्षण दिइएको कार्यक्रमका मध्यस्तकर्ता मध्येका डा.रोशन घिमिरेले जानकारी दिए । कार्यक्रम सञ्चालनमा डा.सुजन रेग्मी र डा.युगल लिम्बुले समेत भूमिका निर्वाह गरेको डा.घिमिरेले बताए ।
प्रशिक्षणमा त्रिवि शिक्षण अस्पतालका डा.अनामिका झा, केएमसीका डा.सुस्पना हिराचन, नर्भिक इन्टरनेशनलकी डा.बानिरा कार्की, नेपाल क्यान्सर हस्पिटलका डा.कपेन्द्र शेखर अमात्य, न्याम्सका डा.रमिला सिल्पकारले छाती सम्बन्धी रोग, उपचारका बारेमा प्रशिक्षण दिएका थिए ।
त्यस्तै कार्यशालामा केएमसीका डा.मिरा विष्ट, त्रिवि शिक्षण अस्पतालका डा.कुञ्जन आचार्य, नेपाल क्यान्सर अस्पतालका डा.प्रभात ठाकूरले थाइरोइडका बारेमा प्रशिक्षण दिएका थिए । भने, भक्तपुर क्यान्सर अस्पतालका डा.उत्सवमान श्रेष्ठ, केएमसीका डा.इङ्कू बस्नेत, डा.डिभा श्रेष्ठ तथा नेपाल क्यान्सर अस्पतालका डा.प्रफुल्ल शाक्यले कार्यशालाको निष्कर्ष निकालेका थिए ।
0 प्रतिकृया