एसईई चैत १५ गतेदेखि (परीक्षा तालिका सहित)
एक्सन खबर
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गतेदेखि चैत २७ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आइतबारको निर्णयअनुसार चैतमा एसईई सञ्चालन गर्ने निर्णय भएको हो ।
बोर्डले परीक्षा तालिका प्रकाशित गर्दै परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकेको छ । परीक्षाका लागि चार लाख ८९ हजार विद्यार्थीले सहभागी हुन आवेदन दिएका छन् ।
बाेर्डका अनुसार चैत्र १५ गते पहिलाे दिन अनिवार्य अङ्ग्रेजी (नियमित तथा ग्रेडबृद्धि), संस्कृत/वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना/अनिवार्य अङ्ग्रेजी, मदर्सातर्फ अनिवार्य अरेबिक भाषा/अनिवार्य अङ्ग्रेजी ग्रेडबृद्धि, अनिवार्य अङ्ग्रेजी/अनिवार्य संस्कृत भाषा र साहित्य (वेदविद्याश्रमतर्फ) काे परीक्षा हुनेछ ।
0 प्रतिकृया