वी.पी. प्रतिष्ठानमा बढुवा प्रक्रिया अगाडी नबढाउन अन्तरिम आदेश
एक्सन खबर
विराटनगर । उच्च अदालत विराटनगरले वी.पी. काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे चिकित्सक कर्मचारीकाे बढुवा प्रक्रिया तत्काल अगाडी नबढाउन अन्तरिम आदेश जारी गरेकाे छ ।
बुधवार उच्च अदालत विराटनगरका न्यायाधीश गणेशप्रसाद बरालको एकल इजलासले प्रतिष्ठानमा लोक सेवा आयोगको सहभागिता बिना कर्मचारी नियुक्ती तथा स्वत बढुवा नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हाे ।
तत्काल बढुवा प्रक्रिया अगाडी नबढाउन आन्तरिम आदेश जारी गरेसँगै प्रतिष्ठानका कामु उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीलाई कर्मचारी, चिकित्सकहरूकाे दबाबबाट राहत मिलेकाे छ । निवेदक संजय कुमार मेहता र प्रतिष्ठानका प्रतिनिधिलाई माघ १७ गते पेशी ताेकी छलफलमा बोलाउँदै उक्त आदेश जारी गरेको छ ।
अदालतले प्रतिष्ठान, आन्दोलनरत कर्मचारी कल्याण समाजका अध्यक्ष कविता ढकाल, शिक्षक कल्याण समाजका अध्यक्ष सेराज खान, कामु उपकुलपति प्रा.डा. प्रह्लाद कार्की, रजिष्टार सुर्यप्रसाद संग्राैला, कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, लोक सेवा आयोग र अर्थ मन्त्रालयको नाममा अल्पकालिन आदेश जारी गरेकाे छ ।
प्रतिष्ठानमा लामाे समयदेखि चिकित्सक, कर्मचारीहरूकाे बढुवा राेकिँदा उनीहरू आन्दाेलनमा उत्रिएका छन् ।
0 प्रतिकृया