Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


राष्ट्रिय सभामा माओवादी ठूलो दल, एमालेलाई घाटा, अरू कहाँ

एक्सन खबर
माघ, ११, २०८०


राष्ट्रिय सभामा माओवादी ठूलो दल, एमालेलाई घाटा, अरू कहाँ

काठमाडौं । बिहीबार सम्पन्न निर्वाचन पछि नेकपा माओवादी केन्द्र राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल बनेको छ । १९ सिटका लागि भएको  निर्वाचनमा नेपाली कांग्रेसका १० जना निर्वाचित भएपनि माओवादी केन्द्र ठूलाे दल बनेकाे छ ।

निर्वाचनमा माओवादी केन्द्रका ५, एकीकृत समाजवादीका २ तथा जनता समाजवादी पार्टी र नेकपा एमालेका १-१ जना निर्वाचित भए । माओवादीबाट हाल उपाध्यक्षसहित १५ जना राष्ट्रिय सभामा रहेकाेमा ३ जना फागुन २० बाट बिदा हुँदा पनि निर्वाचनबाट ५ जना थपिएकाले १७ सिटसहित सबैभन्दा ठूलो दल भएको हो ।

राष्ट्रिय सभामा कांग्रेसका १० सांसद रहेकामा ४ जना फागुन २० गते बिदा हुँदा ६ जना मात्र बाँकी रहन्छन् । बिहीबार १० जना थपिएपनि राष्ट्रिय सभामा कांग्रेस १६ सिटसहित दोस्रो ठूलो दल बन्नेछ ।

हाल सबैभन्दा ठूलो दल रहेपनि अब राष्ट्रिय सभामा एमाले तेस्रो दल हुनेछ ।  पदावधि पूरा हुने राष्ट्रिय सभाका २० सदस्यमध्ये एमालेका मात्रै ९ जना छन् । त्यसमध्ये पनि एक जना राष्ट्रपतिले मनोनीत गरेकाेले उसकाे सांसद संख्या घटेकाे छ । फागुन २० पछि राष्ट्रिय सभामा एमाले १० सिटसहित तेस्रो दलमा रहनेछ ।

एकीकृत समाजवादी र जसपालाई कुनै घाटा भएन । एकीकृत समाजवादीका ८ जना सांसद मध्ये दुई जना फागुनबाट बिदा भएपनि नयाँ दुई जना पुनः निर्वाचित भएकाले उसको संख्या कायमै रहनेछ । जसपाकी प्रमिलाकुमारी यादव पदावधि सकिएपनि बिहीबार एक जना निर्वाचित भएर आएका छन् ।

यता, राष्ट्रपतिबाट मनोनित विमला राई पौड्यालको ठाउँमा जनमोर्चाकी दुर्गा पौडेललाई ल्याउने सत्ता गठबन्धनको समझदारी छ । अब राष्ट्रिय सभामा जनमोर्चाका दुई सांसद हुनेछन् । लोकतान्तिक समाजवादी पार्टीकाे पनि एक जना सांसद राष्ट्रिय सभामा छन् ।













0 प्रतिकृया