Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


राष्ट्रिय नर्स दिवसः नसर्हरू व्यवसायिक सुरक्षाका लागि अझै संघर्षरत

एक्सन खबर
माघ, १५, २०८०


राष्ट्रिय नर्स दिवसः नसर्हरू व्यवसायिक सुरक्षाका लागि अझै संघर्षरत

काठमाडाैं । आज माघको १५ गते । राष्ट्रिय नर्स दिवस । यस अवसरमा नेपाल नर्सिङ संघ, नेपाल नर्सिङ काउन्सिल लगायत देशभरका स्वास्थ्य संस्थाहरूले विविध कार्यक्रमहरू गरि नर्सिङ दिवस मनाउँदैछन् ।

सेतो कोट लगाएकी, कपालमा रिबन बाँधेकी, औषधीहरु बाेकेकी अनि मुस्कान सहितको सेवा प्रदायक स्वास्थ्य परिचारीका नर्सकाे अस्पतालहरूका मुख्य व्यक्ति हुन् ।

सन् १९४७ मा विर अस्पतालको स्थापना पछी स्वास्थ्य सहायकका रुपमा केही कम्पाउन्डर र भारतमा तालिम लिएका केही औंलामा गन्नसक्ने ब्यत्तिहरु मात्रै थिए, विर अस्पतालको ईतिहास पल्टाउदा उतिवेला ड्रेसिङ् लगायत अन्य उपचारहरु कम्पाउन्डर या डाक्टर स्वयंले गर्ने गर्दथे । भने अहिले आएर धेरै स्वास्थ्य खुलेका छन् । त्यहाँ नर्सहरुले सेवा दिइरहेका छन् । त्यसाे त नेपालमा मात्र हैन विश्वमै नर्सिङ शिक्षाकाे छुट्टै पढाइ हुने गरेकाे छ ।

नेपालमा नर्सिङ्ग सेवाको इतिहास पुरानै रहेपनि नर्सहरु स्वंयको अवस्थामा भने खासै सुधार देखिएको छैन । साढे छ दशकको नर्सिङ अभ्यासमा अझै पनि नर्सहरु सेवासुविधा लगायत व्यवसायिक सुरक्षाका लागि संघर्षरत छन् ।

नेपालमा नर्सिङ शिक्षाको इतिहासलाई हेर्दा वि.सं. १९८५ मा विद्यादेवी, राधादेवी, विष्णुदेवी तथा धर्मदेवीलाई तत्कालीन प्रधानमन्त्री चन्द्रसमशेरका पालामा प्रसूति सेवासम्बन्धी डेढवर्षे तालिमका लागि भारत पठाइएको थियो ।

यसभन्दा अगाडि नेपालमा विदेशबाट नर्स ल्याई राजपरिवार तथा विशिष्ट घरानाहरूको सेवामा लगाइन्थ्यो । वि.सं. २००९ मा उमादेवी दास तथा रुक्मणि चरण श्रेष्ठलाई भारतमा चार वर्षे नर्सिङ तालिमका लागि पठाइयो र उनीहरू फर्किएपछि नेपालमा २०१३ सालमा पहिलो पटक नर्सिङ स्कुल खोलिएकाे हाे ।

नेपालमा नयाँ शिक्षा योजना लागू हुँदा वि.सं. २०२९ मा सबै नर्सिङ कलेजहरूलाई त्रिभुवन विश्वविद्यालय अन्तर्गत गाभियो । त्रि.वि. अन्तर्गत २०३३ सालमा पहिलोपटक स्नातक तह तथा २०५२ सालमा स्नातकोत्तर (एम.एस्सी. नर्सिङ) तहको पढाइ सुरु भएकाे हाे ।

बिरामीलाई स्वास्थ्य बनाउन नर्सहरूको ठूलो भूमिका रहेको हुन्छ । नर्सहरूले स्वास्थ्य सेवाका विविध क्षेत्रमा महत्वपूर्ण योगदान पुऱ्याएका छन् । नेपाल लगायत विश्वभरि नर्सहरूको व्यापक माग छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा काम गर्नुपर्ने तथा २४ सै घण्टा विरामीहरुको स्याहार सुसारमा बिताउनु पर्ने भएपनि नर्सहरूले उचित सेवा सुविधाहरू पाएका छैनन् । अस्पतालहरुमा स्वंयसेवा गर्नुपर्ने, तलव भत्ताको कमी, नर्स प्यासेन्ट रेसियो लागू नहुनु नर्सहरुको लामाे समयदेखिकाे समस्या हो ।

सेवा सुविधासँगै व्यवसायिकताका लागि नर्सहरुको संघर्ष भने जारी छ । देशमा रोजगारीको उचित अवसर सृर्जना नहुनुले नर्सहरु विदेशीने क्रम बढ्दो छ । विदेशमा भने नर्सहरूले राम्राे सेवा सुविधाहरू पाउने गरेका छन् । नेपालबाट हरेक वर्ष नर्सिङ काउन्सिलकाे परीक्षा पास गरि सयाैं नर्सहरू बैदेशिक राेजगारी र उच्च शिक्षामा विदेशिने गरेका छन् ।













0 प्रतिकृया