सडकमा जथाभावी पार्किङ गरिएका सवारीमा ह्वीललक
एक्सन खबर
काठमाडाैं । सडक र फुटपाथमा जथाभावी पार्किङ गरेर राख्ने सवारी साधनलाई आज बिहानै ट्राफिक प्रहरीले ह्वीललक गरेको छ । जोरपाटीबाट सुन्दरीजल सडक खण्डमा पूर्व सेनापति सच्चित शमशेर जबराको घर अगाडी सडकमा जथाभावी पार्किङ गरेर राखिएका सवारीहरू ह्वीललक गरिएकाे हाे ।
पैदलयात्रीहरु हिँडडुल गर्नै नहुने गरि सवारी अवगमान प्रभावित हुने गरेर फुटपाथ र सडकमा पार्किङ गरेर राख्ने गरेको अधिकांश सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी बृत्त बौद्धका हवल्दार सन्तोष कुमार पाण्डे र क्विक रेस्पाेन्स टीमका लक्ष्मण न्याैपानेले कार्बाही गरेका हुन् ।
हवल्दार पाण्डे र न्याैपानेले उक्त सडक खण्डको फुटपाथ र सडकमा पार्किङ गरेर राखेको अधिकांश सवारी साधनलाई आज बिहान सम्झाई बुझाई कार्बाही गरेको हो । ट्राफिक प्रहरीले सम्झाई बुझाई गर्दा कागजपत्र दिन नमान्ने र कागजपत्र नभई सवारी साधन चलाउने सवारी साधनलाई ह्वीललक गर्ने काम भएकाे छ । केहिदिन देखि साे सडक खण्डमा सवारी आवागमन प्रभावित हुनेगरि सडक र फूटपाथमा जथाभाबी सवारी साधन पार्किङ गरेर राख्ने गरिएकाे थियो ।
जथाभावी पार्किङका कारण पैदलयात्रीहरु सडकको बिच भागबाट हिँड्न बाध्य भई रहँदा दुर्घटना समेत हुने गरेकाे भन्दै ट्राफिक प्रहरी र सवारी चालकहरुको मिलोमतोमा सवारी साधन पार्किङ गर्ने गरेको भनेर स्थानीय समुदायले आरोप लगाउन थालेका थिए ।
0 प्रतिकृया