Follow us:


Follow us

२४ जेठ २०८३, आइतवार
२४ जेठ २०८३, आइतवार


अख्तियारद्वारा टीकापुरको सरकारी जग्गा हिनामिना अभियोगमा २ सय ४९ विरुद्ध भ्रष्टाचार मुद्दा

एक्सन खबर
माघ, २५, २०८०


अख्तियारद्वारा टीकापुरको सरकारी जग्गा हिनामिना अभियोगमा २ सय ४९ विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । कैलालीको टीकापुरस्थित टीकापुर नगर विकास समितिको जग्गा हिनामिना अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ सय ४९ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बिहीबार उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएकाे हाे ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशी, ललित ताम्राकार, धीजराज रेग्मीसमेतको मिलेमतोमा जग्गा हिनामिना भएको ठहर गर्दै मुद्दा दायर गरिएकाे हाे ।

टीकापुर नगरपालिका-१ स्थित टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष लगायतको मिलोमतोमा नक्कली रसिद बनाई अध्यक्ष पदाधिकारी एवम् कर्मचारीहरुको संलग्नतामा जग्गा प्लटिङ गरेर बदनियतपूर्ण रुपमा रकम उठाइ बेचविखन गरेको दावी गरिएकाे छ ।

समितिको स्वामित्वमा रहेको जग्गा व्यक्ति विशेष तथा संघ/संस्थाहरुलाई वितरण गरी हक हस्तान्तरण गर्दा नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ मा भएको व्यवस्थाबमोजिम उपलब्ध गराउनु पर्नेमा त्यसविपरीत नक्कली कागजात खडा गरी व्यक्तिका नाममा हस्तान्तरण भएको आयोगद्वारा पेश अभियोग पत्रमा उल्लेख छ ।













0 प्रतिकृया