थारू समुदायकाे साहित्य र इतिहासकाे संरक्षणमा सबै लाग्नुपर्छः सांसद भगबती चाैधरी
एक्सन खबर
काठमाडाैं । थारू साहित्य तथा इतिहासकाे संरक्षणमा थारू समुदायका सबैकाे महत्वपूर्ण याेगदान हुनुपर्ने संघीय सांसद भगबती चाैधरीले बताएकी छन् । थारू साहित्य तथा इतिहास अभिलेख गर्ने उद्देश्यका साथ सुनसरीको गढीमा शुक्रबारबाट सुरू भएकाे आठौं थारू साहित्य राष्ट्रिय सम्मेलनकाे उद्घाटन गर्दै पूर्वमन्त्री समेत रहेकी चाैधरीले थारू समुदायकाे साहित्य र इतिहासकाे संरक्षण, प्रवर्द्धनका लागि आफु सदैव लागि परेकाे बताएकी हुन् ।
‘थारूहरूकाे साहित्य, कला संस्कृतिकाे जगेर्ना गर्दै इतिहासलाइ संरक्षण गर्न हामी सबैकाे दायित्व हुनुपर्छ । म मेराे क्षमता र वर्कतले भ्याएसम्म थारू जातिकाे उत्थान, कला र संस्कृतिकाे संरक्षण, प्रवर्द्धन र विकासका लागि लागि पर्नेछु । यहाँहरूले पनि भूमिका निर्वाह गर्नुहाेला ।’ सांसद चाैधरीले भनिन् ।
साे क्रममा पूर्वमन्त्री चौधरीले साहित्य र संस्कृतिको जगेर्ना र विकासका लागि आफु गम्भीर रहेको जनाउँदै कला संस्कृति र साहित्यको संरक्षणमा आफ्नो सहयोग र सहकार्य रहने प्रतिबद्धता समेत जनाइन् ।
दुई दिनसम्म चल्ने कार्यक्रम हौली परिवार मोरङ र थारू लेखक सङ्घको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठान र गढी गाउँपालिकाको सहकार्यमा श्रवण कुमार सुतिहारको अध्यक्षतामा भएको थियो । कार्यक्रममा राम सागर चौधरीलाई नगद ३० हजार र सम्मान पत्र सहित थारु साहित्य पुरस्कारबाट सम्मानीत गरियाे भने, शान्ति चौधरीलाई महिला शसक्तिकरण पुरस्कारबाट सम्मान गरिएकाे छ ।
कार्यक्रममा थारू राष्ट्रिय आयोगका सदस्य भोला म चौधरी, गढी गाउँपालिकाका अध्यक्ष आशनारायण चौधरी, रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरी, नेपाल प्रज्ञा प्रतिष्ठान उपकुलपति बिमल निभा, पुर्वराज्य मन्त्री शेखर दहितको समेत उपस्थित रहेको थियो ।
सम्मेलनको पहिलो दिन सुनसरी मोरङमा थारु केन्द्रित विकास प्राथमिकता साथै मानक लेखन, साहित्य लेखनको प्रशिक्षण, थारू गीत, थारू लेख, थारू पुस्तक, तथा स्थानीयस्तरका थारूका मुद्दालाई लिएर बहस तथा छलफल समेत गरिएको हौली परिवार मोरङ सचिव चन्द्र नारायण चौधरीले जानकारी दिए ।
0 प्रतिकृया