Follow us:


Follow us

११ जेठ २०८३, सोमवार
११ जेठ २०८३, सोमवार


केएमसीमा नयाँ विद्यार्थीहरुलाई शैक्षिक अभिमुखीकरण

एक्सन खबर
फागुन, १, २०८०


केएमसीमा नयाँ विद्यार्थीहरुलाई शैक्षिक अभिमुखीकरण

काठमाडौं । काठमाडौं मेडिकल कलेजले मेडिकल शिक्षातर्फ स्नातक तहमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई शैक्षिक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । आइतबार कलेजले एमविविएस २७ औं ब्याच, विडिएस १२ औं ब्याच, विएस्सी नर्सिङ १८ औं ब्याच बीपीटी तेश्रो ब्याचका नयाँ विद्यार्थीहरुलाई शैक्षिक अभिमुखीकरण दिएको हो ।

एमविविएसमा एक सय जना, विडिएसमा ४० जना, विएस्सी नर्सिङमा ४० जना तथा बीपीटीमा २० जना बिद्यार्थीहरुलाई केएमसीका प्रमुख कार्यकारी अधिकृत डा.के.पी. शर्मा, प्रिन्सिपल प्रा.डा.रतिन्द्रनाथ श्रेष्ठ, बेसिक साइन्स भाइसप्रिन्सिपल डा.शुसिल खरेलले स्वागत गर्दै विद्यार्थीहरुको पढाई र सिकाईका लागि काठमाडौं मेडिकल कलेज उत्कृष्ट शैक्षिक संस्था भएको बताए ।

विद्यार्थीको सफलताले कलेजकोस्तर मापन हुने भएकाले डाक्टर, नर्स बन्न आएका विद्यार्थीहरुले कलेजको नियम र अनुशासनमा रहेर अध्ययन गर्नुपर्नेमा उनीहरुको जोड थियो । काठमाडौं मेडिकल कलेजले अहिलेसम्म हज्जारौं प्राविधिक जनशक्ति उत्पादन गरिसकेको उल्लेख गर्दै उनीहरुले नयाँ विद्यार्थीहरुलाई नयाँ उत्साह, जोश र जाँगरका साथ आफ्नो उद्देश्य पुरा गर्न अगाडी बढ्न शुभकामना पनि दिए ।  

नर्सिङ डाइरेक्टर सविता पाण्डे, डेण्डल डाइरेक्टर डा.भागवत भट्टराई, बीपीटी कोअर्डिनेटर प्रकाश महतो, हस्पिटल डाइरेक्टर डा.सुमन श्रेष्ठले समेत विद्यार्थीहरुलाई कलेजमा स्वागत गर्दै कलेजको शैक्षिक अवस्था, प्रयोगात्मक शिक्षण विधि, फ्याकल्टी, भौतिक पूर्वाधारसँगै कलेजको शैक्षिक, आर्थिक र होस्टलको अनुशासन र नियमका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा कलेजका जनरल मेनेजर नारायण दाहाल, प्रमुख प्रशासकीय अधिकृत प्रेम थापा समेतको सहभागिता रहेको थियो ।



















0 प्रतिकृया