Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


काभ्रेको धुलिखेलमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
फागुन, १, २०८०


काभ्रेको धुलिखेलमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । काठमाडौं मेडिकल कलेजले काभ्रेको धुलिखेलमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । धुलिखेल कल्याणकारी सेवासँगको सहकार्यमा केएमसीले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।

शिविरमा ७५६ जना बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा ८९ जनाको इसिजी, १११ जनाको ल्याब परीक्षण, ९७ जनाको भिडियो एक्सरे र २९ जनाको दाँत खोलिएको थियो । शिविरमा स्वास्थ्य जाँचका लागि आएका मध्ये २९ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।

सामाजिक उत्तरदायित्व अन्तरगत केएमसीले नियमित रुपमा गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर चलाईरहेको छ । नेपाली कांग्रेसका नेता, हाल संघीय सांसद डा.सुनिलकुमार शर्मा केएमसीको कार्यकारी अध्यक्ष भएको बेला निःशुल्क स्वास्थ्य शिविरको थालनी गरेका हुन् । केएमसीको स्वास्थ्य शिविरले अहिलेसम्म लाखौं नागरिक लाभान्वित भइसकेका छन् ।














0 प्रतिकृया