Follow us:


Follow us

११ जेठ २०८३, सोमवार
११ जेठ २०८३, सोमवार


नरदेवीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविरबाट ६१३ जना लाभान्वित

एक्सन खबर
फागुन, ३, २०८०


नरदेवीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविरबाट ६१३ जना लाभान्वित

काठमाडौं । सामाजिक उत्तरदायित्व अन्तरगत काठमाडौं मेडिकल कलेजले नरदेवीमा गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ६१३ जना बिरामी लाभान्वित भएका छन् । बिहीबार केएमसीले काठमाडौं महानगरपालिका वडा नं. ८, लायन्स क्लब अफ काठमाडौं लालिगुरास, लायन्स क्लब अफ काठमाडौं डाँफेसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।

निःशुल्क स्वास्थ्य शिविरमा ४२ जनाको इसिजी, ८९ जनाको भिडियो एक्सरे, १०३ जनाको ल्याब परीक्षण गरिँदा ३२ जनाको दाँत समेत खोलिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरबाट ३३ जनालाई थप उपचारका लागि रेफर गरिएको छ । रेफर गरिएका बिरामीहरुलाई केएमसीले उपचारमा विभिन्न छुटहरु दिनेछ ।

शिविरमा जनरल फिजिसियन, प्रसुति तथा स्त्री रोग, बाल रोग, जनरल सर्जरी, यौन तथा चर्म रोग, हाडजोर्नी तथा नसा रोग, आँखा रोग र दन्त रोग सम्बन्धी सेवाहरु दिइएको थियो ।

केएमसीका सेवाहरु जनताका घरघर पुर्याउने अभिप्रायले तत्कालिन कार्यकारी अध्यक्ष हाल प्रतिनिधि सभाका सांसद डा.सुनिलकुमार शर्माले निःशुल्क स्वास्थ्य शिविरको थालनी गरेका थिए । उनको अभियानबाट दूरदराजमा रहेका गरिब, विपन्न, अशक्त नागरिक बढी लाभान्वित भइरहेकाले नियमित रुपमा निःशुल्क स्वास्थ्य शिविर चलाईरहेको केएमसीकी कार्यकारी अध्यक्ष सोइना शर्माले बताइन् ।

















0 प्रतिकृया