Follow us:


Follow us

११ जेठ २०८३, सोमवार
११ जेठ २०८३, सोमवार


नेपाल मेडिकल कलेजले माग गर्यो भारी मात्रामा विशेषज्ञ चिकित्सक (सूचना सहित)

एक्सन खबर
फागुन, ४, २०८०


नेपाल मेडिकल कलेजले माग गर्यो भारी मात्रामा विशेषज्ञ चिकित्सक (सूचना सहित)

काठमाडौं । नेपाल मेडिकल कलेजले भारी मात्रामा विशेषज्ञ चिकित्सक माग गरेको छ । अत्तरखेल काठमाडौंमा रहेको कलेजले आज सूचना प्रकाशित गरी विभिन्न विधामा विशेषज्ञ चिकित्सकहरु माग गरेको हो ।

कलेज प्रशासनद्वारा प्रकाशित सूचना अनुसार इन्टरनल मेडिसिन, कार्डियोलोजी, पल्मोनोलोजी, न्यूरोलोजी, ग्यास्ट्रोइन्ट्रोलोजी, नेफ्रोलोजी, त्रिटिकल केयर, एनेस्थेसियोलोजीमा प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चर माग गरिएको छ ।

यस्तैगरी, स्त्री तथा प्रसुति रोग, दन्त रोग, बाल रोग, ट्रान्सप्लान्स फिजिसिएन लगायतका पदहरुमा दरखास्त माग गरिएको छ । कलेजको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन दक्ष जनशक्ति थप गर्ने निर्णय अनुसार चिकित्सकहरु माग गरिएको हो ।

योग्यता पुगेका चिकित्सकहरुले इमेल मार्फत आफ्नो शैक्षिक तथा व्यक्तिगत विवरणसहित आवेदन दिन सक्नेछन् । दरखास्त दिने अन्तिम दिन फागुन ११ गते रहेको छ । कलेजले दरखास्त दिएका मध्येबाट सर्ट लिस्टमा परेकाहरुलाई अन्तरवार्ताका लागि बोलाउने छ ।

हेर्नुहोस सूचना












0 प्रतिकृया








लोकप्रिय