Follow us:


Follow us

२४ जेठ २०८३, आइतवार
२४ जेठ २०८३, आइतवार


गोकर्णेश्वर नगरपालिकाद्वारा एकीकृत इलेक्ट्रोनिक पब्लिक हेल्थ प्रोफाइल सुरु

एक्सन खबर
फागुन, ५, २०८०


गोकर्णेश्वर नगरपालिकाद्वारा एकीकृत इलेक्ट्रोनिक पब्लिक हेल्थ प्रोफाइल सुरु

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले एकीकृत इलेक्ट्रोनिक पब्लिक हेल्थ प्रोफाइल सिस्टमसहित ‘गोकर्णेश्वर हेल्थ कार्ड’ सुरु गरेको छ । मुलुकमै पहिलाे पटक स्थानीय निकायद्वारा हेल्थ कार्ड लागू गरेकाे हाे ।

यो सेवा सुरु गर्ने गोकर्णेश्वर नगरपालिका मुलुककै पहिलो स्थानीय निकाय भएको बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमानगरप्रमुख दीपक रिसालले जिकीर गरे । ‘नगरवासीको सुस्वास्थ्यलाई उच्च प्राथमिकता दिँदै आएको गोकर्णेश्वरको यो पछिल्लो अभ्यास मुलुककै समग्र स्वास्थ्य क्षेत्रका लागि कोशेढुंगा सावित हुनेछ ।’

स्वास्थ्य सेवामा जोडिने सेवाग्राही वा नागरिक, सेवा प्रदायक स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी, समन्वय र सुपरीवेक्षण गर्ने वडा कार्यालय एवं नगरपालिकाले तोकेका सरोकारवालालाई एकीकृत प्रकृतिले जोडेर एक ‘पालिका स्वास्थ्य प्रणाली र मोडल’ बनाउने सफ्टवेयरको माध्यमबाट नगरबासीको स्वास्थ्य अवस्था तथा उपचारको जानकारीलाई एक विशिष्टकृत युनिक हेल्थ आइडीको सहयोगबाट सुरक्षित राख्दै जाने बताइएकाे छ ।

नगरपालिकाले प्रदान गर्ने स्वास्थ्य सुविधाका दृष्टिले फरक वर्ग र तहका ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला, खेलाडी, शिक्षक लगायतलाई राेग मुताविक फरक फरक काेडिङ गर्न सकिने सिस्टम तयार पारिएकाे छ ।














0 प्रतिकृया