Follow us:


Follow us

२ वैशाख २०८३, बुधवार
२ वैशाख २०८३, बुधवार


सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट २ हजार बढी बिरामी लाभान्वित

एक्सन खबर
फागुन, १६, २०८०


सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट २ हजार बढी बिरामी लाभान्वित

काठमाडौं । नेपाली कांग्रेसका सांसद डाक्टर सुनिलकुमार शर्माले पाल्पाको रामपुरमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट दुई हजार बढी बिरामी लाभान्वित भएका छन् । बुधबार शुशिल कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २ हजार २ सय ५१ जना बिरामीको स्वास्थ्य जाँच गरिएको छ ।

शिविरमा १८२ जनाको इसिजी, २०३ जनाको ल्याब परीक्षण, १५० जनाको भिडियो एक्सरे, ९५ जनाको मुटु जाँच गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा ८७ जनाको दाँत खोलिएको थियो भने, शिविरबाट थप उपचारका लागि ७३ जनालाई ओ.टी. रेफर गरिएको छ ।

शिविरको उद्घाटन प्रमुख अतिथी नेपाली कांग्रेस लुम्विनी प्रदेश सभापति, शुशील कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अमरसिंह पुन, विशेष अतिथि संघीय सांसद डा. सुनिलकुमार शर्मा लगायतले गरेका थिए । रामपुर नगरपालिकाका प्रमुख रणबहादुर थापाको सभापतित्वमा आयोजित शिविरमा प्रदेश सभासद निमा गिरी, राजु प्रसाद श्रेष्ठ, बिर बहादुर राना, रामपुर नगरकी उपमेयर बालकुमारी थापाको समेत सहभागिता रहेको थियो ।

शिविरमा सो पालिकाका महिला, बालबालिका, ज्येष्ठ नागरिक लगायत गरिब विपन्न समुदायका नागरिकको बढी सहभागिता रहेको थियो । रामपुर नगरपालिका सह–आयोजक रहेको निःशुल्क स्वास्थ्य शिविर रामपुर आयुर्वेदिक अस्पतालमा भएको थियो ।

सांसद शर्माले राजनीतिसँगै समाजसेवा र स्वास्थ्य सेवाका कार्यहरुलाई एकसाथ अगाडी बढाईरहेका छन् । मोरङ क्षेत्र नं. ३ का सांसद डा. शर्माले देशका विभिन्न स्थानमा आफ्नै बलबुतामा निःशुल्क स्वास्थ्य शिविरहरु चलाईरहेका छन् । डा. शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट दुरदराजमा रहेका नागरिक बढी मात्रामा लाभान्वित भइरहेका छन् ।



















0 प्रतिकृया