Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


सांसद सुनिल शर्माको स्वास्थ्य टोली अर्घाखाँचीको सन्धीखर्कमा, १५ सय बढी बिरामीको उपचार

एक्सन खबर
फागुन, १९, २०८०


सांसद सुनिल शर्माको स्वास्थ्य टोली अर्घाखाँचीको सन्धीखर्कमा, १५ सय बढी बिरामीको उपचार

अर्घाखाँची । प्रतिनिधि सभा सांसद डाक्टर सुनिल शर्माले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविर अर्घाखाँचीको सन्धीखर्कमा पुगेको छ । शनिबार सन्धीखर्क नगरपालिका र शुशील कोइराला स्मृति प्रतिष्ठानले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा १५ सय ८५ जना बिरामीको स्वास्थ्य जाँच गरिएको छ ।

शिविरमा १०७ जनाको इसिजी, १७५ जनाको ल्याब परीक्षण, १२५ जनाको भिडियो एक्सरे र ६५ जनाको इको गरिएको काठमाडौं मेडिकल कलेजका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार शिविरमा ६० जनाको दाँत खोलिएको छ भने, ४५ जना बिरामीलाई ओ.टी. रेफरसमेत गरिएको छ । रेफर गरिएका बिरामीको केएमसी अस्पताल काठमाडौंमा निःशुल्क उपचार गर्ने व्यवस्था गरिएको छ ।

स्वास्थ्य शिविर उद्घाटनको प्रमुख अतिथी पूर्वमन्त्री तथा शुशील कोइराला स्मृति प्रतिष्ठानका अध्यक्ष अमरसिंह पुन रहेका थिए । उनले निःशुल्क स्वास्थ्य शिविरले दूरदराजमा रहेका गरिब, विपन्न, असहाय नागरिक बढी लाभान्वित हुने भन्दै सांसद सुनिल शर्माले चालेको अभियानमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।

सन्धीखर्क नगरपालिकाका मेयर कृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न स्वास्थ्य शिविरमा केएमसीका जनरल मेनेजर दाहालले केएमसीको निःशुल्क स्वास्थ्य शिविरका बारेमा जानकारी दिँदै आम नागरिकलाई सर्वसुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न केएमसी लागि परेको बताए ।




















0 प्रतिकृया