Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


महाशिवरात्रीका अवसरमा पशुपतिमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
फागुन, २६, २०८०


महाशिवरात्रीका अवसरमा पशुपतिमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । महाशिवरात्रीको अवसरमा काठमाडौं मेडिकल कलेजले पशुपतिनाथमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । शुक्रबार केएमसीले पशुपतिनाथ दर्शनार्थ आएका भक्तजनको सेवा र सुविधाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

पशुपति विकास कोषको आयोजनामा पशुपति मन्दीर परिसरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा केएमसीका १३ जना स्वास्थ्यकर्मीहरुको टोली थिए । शिविरमा निःशुल्क औषधीहरु समेत वितरण गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार शिविरमा ३ हजार १ सय बढी भक्तजनहरुको स्वास्थ्य जाँच गरिनुका साथै निःशुल्क औषधी पनि वितरण गरिएको छ ।

शिविरमा मन्दिरमा कुनैपनि दर्शनार्थीलाई इमरजेन्सी स्वास्थ्य समस्या आइपरे उद्दार गर्न केएमसीको निःशुल्क एम्बुलेन्स समेत उपलब्ध गराएको थियो ।

नेपाली कांग्रेसका सांसद डाक्टर सुनिलकुमार शर्मा सञ्चालक रहेको केएमसीले दुरदराजमा रहेका गरिब, विपन्न जनतालाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै आइरहेको छ भने, शहरी क्षेत्रमा समेत समयसमयमा निःशुल्क स्वास्थ्य शिविर चलाइरहेको छ ।
















0 प्रतिकृया