Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


इलामको फाकफोकथुममा नोवेलको स्वास्थ्य शिविरमा १३ सय बढीको निःशुल्क उपचार

एक्सन खबर
फागुन, २८, २०८०


इलामको फाकफोकथुममा नोवेलको स्वास्थ्य शिविरमा १३ सय बढीको निःशुल्क उपचार

विराटनगर । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोग र फाकफोक थुम गाँउपालिका वडा नं. ७, इलामको आयोजनामा दुई दिने बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । मिति २०८० फाल्गुण २५ र २६ गते सम्पन्न बृहत निःशुल्क स्वास्थ्य शिविरमा एक हजार तीन सय बढी विरामीले निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएको हो ।

संघीय सांसद डाक्टर सुनिलकुमार शर्माको अगुवाईमा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले विभिन्न संघ सस्थाहरुको समन्वयमा निःशुल्क स्वास्थ्य शिविरहरुको आयोजना गर्दै आएको छ । यसै क्रममा इलामको फाकफोक थुम गाँउपालिकामा सम्पन्न स्वास्थ्य शिविरमा जेनेरल मेडिसिन, प्रसुती तथा स्त्री रोग, बाल रोग, जेनेरल सर्जरी, हाड जोर्नी तथा नशा रोग, छाला रोग, नाक कान घाँटी रोग, दन्त रोग, आँखा रोग लगायतका विभागमा विशेषज्ञ चिकित्सकहरुले विरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।

शिविरमा १७५ जनाको अल्ट्रासाउण्ड (भिडियो एक्सरे), १२५ जनाको ई. सि. जि. २५० जनाको प्रयोगशाला परीक्षण र २५ जनाको दाँत खोलिएको छ भने ७३ जना विरामीलाई थप उपचारको लागि रिफर गरिएको छ । रिफर भएका विरामीको नोवेलमा आई उपचार गराउँदा २५ प्रतिशत छुट हुने नोवेलका जनसम्पर्क अधिकृत नविन दाहालले बताए ।

स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रमको अध्यक्षता फाकफोक थुम गाँउपालिका वडा नं. ७ का अध्यक्ष छत्र लिम्बुले गर्नु भएको थियो भने कार्यक्रमका प्रमुख अथिति फाकफोक थुम गाँउपालिका अध्यक्ष दिपेन्द्र खनाल, उपाध्यक्ष कल्पना राई अतिथी, समाजसेवी हर्क धमला, वडा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।















0 प्रतिकृया