Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


काठमाडौंको तारकेश्वरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
फागुन, २८, २०८०


काठमाडौंको तारकेश्वरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । सामाजिक उत्तरदायित्व अन्तरगत काठमाडौं मेडिकल कलेजले काठमाडौंको तारकेश्वर नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । केएमसीले युनाइटेड स्कलर्स एकेडेमीसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

शिविरमा ९२२ जना बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । केएमसीका जनरल मेनेजर नारायण दाहालका अनुसार शिविरमा ८९ जनाको इसिजी, १११ जनाको ल्याब परीक्षण, ९७ जनाको भिडियो एक्सरे तथा २२ जनाको दाँत खोलिएको छ । शिविरमा आएका मध्ये ३४ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको जनरल मेनेजर दाहालले जानकारी दिए ।

लायन्स क्लब अफ काठमाडौंको सहकार्यमा भएको निःशुल्क स्वास्थ्य शिविरमा जनरल मेडिसिन, प्रसुति तथा स्त्री रोग, शल्यक्रिया सर्जरी, हाडजोर्नी तथा नसा, बाल रोग, छाला तथा यौन रोग, नाक कान घाँटी, आँखा रोग तथा दन्त रोग सम्बन्धी सेवा दिइएको छ । शिविरबाट सो क्षेत्रका महिला, बालबालिका, ज्येष्ठ नागरिक, गरिब, विपन्न लगायतका सर्वसाधारण बढी लाभान्वित भएका छन् ।

केएमसीको स्वास्थ्य सेवालाई गाउँगाउँ पुर्याउने हेतूले तत्कालिन कार्यकारी अध्यक्ष हाल प्रतिनिधि सभा सदस्य डाक्टर सुनिलकुमार शर्माले निःशुल्क स्वास्थ्य शिविरको अभियान थालनी गरेका थिए ।
 















0 प्रतिकृया