Follow us:


Follow us

१९ वैशाख २०८१, बुधवार
१९ वैशाख २०८१, बुधवार


नेपाल इन्जिनियरिङ कलेजकी पुजा राईलाई ५० हजार नगद पुरस्कार

एक्सन खबर
फागुन, ३०, २०८०


नेपाल इन्जिनियरिङ कलेजकी पुजा राईलाई ५० हजार नगद पुरस्कार

काठमाडौं । चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेजकी आर्किटेक्चर विद्यार्थी एशियन पेन्ट्स आर्किटेक्चर डिजाइन प्रतियोगिताको उत्कृष्ट घोषित भएकी छन् । एशियन पेन्ट्स नेपाल क्यालिडोस्कोप इन्ट्रा कलेज राउण्ड अफ एशियन पेन्ट्स आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइन स्टुडेन्ट्स अवार्ड २०२३ को ११ औं संस्करणमा चौथो वर्षकी विद्यार्थी सुश्री पुजा राई सर्वोत्कृष्ट घोषित भएकी हुन् ।

कलेजको आर्किटेक्चर विषयका चौथो वर्षका विद्यार्थीहरूबीच भएको प्रतियोगितामा १६ जना विद्यार्थीहरुलाई उछिन्दै पुजा राई उत्कृष्ट भएकी हुन् । उनले ५० हजार नगद, ट्रफी, र प्रमाणपत्र प्राप्त गरिन् । प्रतियोगितामा भाग लिएका प्रतिस्पर्धीहरुमध्ये उत्कृष्ट पाँंच जना विद्यार्थीहरु समेत पुरस्कृत भएका छन् ।

प्रतियोगिताको फस्ट रनर अप स्पर्श शर्मा हुँदै २५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । सुश्री अंशु प्रजापति सेकेण्ड रनर अप भई नगद १५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । सान्त्वना पुरस्कार सुश्री सलिना थापा र सुवास चन्दले पाउँदा उनीहरुले जनही पाँंच–पाँच हजार र प्रमाणपत्र प्राप्त गरेको कलेजका मिडिया रिलेसन अफिसर सुनिल ख्याजूले जानकारी दिए ।

आर्किटेक्चर विभाग नेक सन् २०१२ देखि एसियन पेन्ट्स नेपालसँग आबद्ध छ । जहाँ सन् २००८ ब्याचको लागि पहिलो एशियन पेन्ट्स आर्किटेक्चर डिजाइन प्रतियोगिता आयोजना गरिएको थियो ।

नेपाल इन्जिनियरिङ कलेज राउण्ड डिजाइन प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट पाँच विजेताले राष्ट्रियस्तरको एशियन पेन्ट्स आर्किटेक्चर डिजाइन प्रतियोगितामा अन्य विभिन्न कलेजका उत्कृष्ट ५ आर्किटेक्चर विद्यार्थीहरूसँग प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् । प्रतियोगिताको विजेताले भविष्यको हिरोको उपाधि प्राप्त गर्ने जनाइएको छ ।

शीर्ष १५ विजेताहरूले एशियन पेन्ट्स नेपालको वार्षिक क्यालेन्डर मार्फत आर्किटेक्चर उद्योगमा वास्तुकलामा एक्सपोजर पाउने छन् । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा इन्जिनियरिङका स्नातक तथा स्नातकोत्तर तहको अध्ययन अध्यापन हुने गरेको छ ।














0 प्रतिकृया