Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


केएमसीको निःशुल्क स्वास्थ्य शिविर काभ्रेको पनौतीमा

एक्सन खबर
चैत, ५, २०८०


केएमसीको निःशुल्क स्वास्थ्य शिविर काभ्रेको पनौतीमा

काठमाडौं । सामाजिक उत्तरदायित्व अन्तरगत काठमाडौं मेडिकल कलेजले काभ्रेको पनौतीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सिनामंगल स्थित केएमसीले पनौती नगरपालिका वडा नं. ४ स्थित सामुदायिक स्कुलसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

शिविरमा ९६२ जना बिरामीको स्वास्थ्य जाँच गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार शिविरमा ६५ जनाको इसिजी, १२१ जनाको ल्याब परीक्षण, १०७ जनाको भिडियो एक्सरे गरिएको छ । शिविरमा २२ जनाको दाँत खोलिएको तथा २९ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।

संघीय सांसद डाक्टर सुनिलकुमार शर्माको केएमसीले गरिब, विपन्न र स्वास्थ्य सेवाबाट बञ्चित जनतालाई सेवा पुर्याउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ । यस्ता शिविरहरुबाट महिला, बालबालिका, ज्येष्ठ नागरिक, गरिब, विपन्न समुदायका नागरिक बढी लाभान्वित भइरहेका छन् ।
















0 प्रतिकृया