Follow us:


Follow us

६ जेठ २०८३, बुधवार
६ जेठ २०८३, बुधवार


गरिब देशका शासकहरू कुर्सी जोगाउन लिप्तः राजेन्द्र महतो

एक्सन खबर
चैत, ८, २०८०


गरिब देशका शासकहरू कुर्सी जोगाउन लिप्तः राजेन्द्र महतो

नेपालगन्ज । नेता राजेन्द्र महतोले नेपाल एकल राष्ट्रिय राज्य नभएको दाबी गरेका छन् । बहुल राष्ट्रिय राज्य बनाउने लक्ष्यसहित ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियानको क्रममा अब यसरी देश नचल्ने बताए ।

‘अहिले ७० वर्षदेखि जसरी शासन गर्यो त्यसरी अब चल्न सक्दैन त्यो परिस्थिति र अवस्थासँगै सत्ता बदल्नको लागि अभिनय अगाडि बढेको छ ।’ देशव्यापी अभियानका क्रममा नेपालगञ्ज आएका महतोले पत्रकार सम्मेलनमा देशको आर्थिक स्थिति बारे चर्चा गर्दै युवा जनशक्ति हजारौंको संख्यामा विदेश पलायन भईरहेको भन्दै उनले भने ।

विश्वमै नेपाल गरिब देशको दर्जामा गइसकेको भन्दै उनले कुनैपनि क्षेत्र सन्तोषजनक अवस्थामा नरहेको जिकीर गरे । ‘नेपाल गरिब देशको दर्जामा गइसकेको छ । यो चिन्ताजनक विषय हो ।’ लोकतन्त्रदेखि गणतन्त्रसम्म पाएपनि जनताको अवस्थामा भने परिवर्तन ल्याउन नसकिएको उनको धारणा छ ।

उनका अनुसार विधान र व्यवस्थामा पटक पटक परिवर्तन भएपनि अवस्थामा परिवर्तन नहुनुको कारण विचार र व्यवहार रहेको छ । उनले भने,‘मलाई के लागेको छ भने यो देशको शासन सत्ता त्रुटिपूर्ण भयो । सामाजवादी विचारधारामा शासन, उदारवादी विचारधारामा शासन, पुँजीजादी पश्चिमी सभ्यताबाट उत्पन्न भएका मार्क लेलिन लगायतका विचारधाराबाट गरिएका शासन नेपालमा फलदायी भएन ।’ बहुदलीय व्यवस्था आएदेखि त्यहि विचारधारा लिएर शासन भईरहेपनि समस्या हल गर्न नसकिएको उनको निष्कर्ष छ ।

नेपाल कसैको गुलाम नभएपनि यहाँका शासकको मानसिकता र चरित्र चाँही आफ्नै देशको जनतालाई गुलाम ठान्ने रहेको महतोको भनाई छ । उनले सबैको पहिचान, अस्तित्वलाई राज्यसत्तामा सहभागी गराउनुपर्ने बताए । ‘यो देश बहुल हो, बहुलतालाई स्विकार गरेर संविधान बनाउनुपर्छ । एकलरुपमा चलाए देश अगाडि बढ्न सक्दैन ।’ नेपालको शासन, संविधानको संरचना सबै पहिचानलाई आत्मसाथ गर्ने किसिमले निर्माण गर्नुपर्ने महतोले बताए ।














0 प्रतिकृया