धुलिखेलको बाँसबारीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, बिरामीको भीड
एक्सन खबर
काठमाडौं । सामाजिक उत्तरदायित्व अन्तरगत काठमाडौं मेडिकल कलेजले धुलिखेलको बाँसबारीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकोमा बिरामीको भीड लागेको छ । शिविरमा एकै दिन ७ सय २२ जना बिरामीको स्वास्थ्य जाँच गरियो ।
हिमालयन इन्टरनेशनल एकेडेमीको आयोजना, सारथी फाउण्डेशनसँगको सहकार्यमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा सो क्षेत्रका महिला, बालबालिका, ज्येष्ठ नागरिक, अशक्त, गरिब विपन्न नागरिकको स्वास्थ्य जाँच गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए ।
शिविरमा ८७ जनाको इसिजी, ११३ जनाको ल्याब परीक्षण, ९६ जनाको भिडियो एक्सरे, २१ जनाको दाँत खोलिएको छ । त्यस्तै, ४२ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।
केएमसीको नविनतम र आधुनिक स्वास्थ्य सेवालाई जनमानसमा पुर्याउनका लागि निःशुल्क स्वास्थ्य शिविरको अभियान चालिएको हो । केएमसीका सञ्चालक समेत रहेका संघीय सांसद डाक्टर सुनिल कुमार शर्माले जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न निःशुल्क स्वास्थ्य शिविर थालेका थिए । डा. शर्माकै अगुवाईमा केएमसीले दूरदराजमा रहेका नागरिकहरुलाई समेत निःशुल्क स्वास्थ्य शिविर मार्फत सेवा दिइरहेको छ ।
0 प्रतिकृया