Follow us:


Follow us

१६ वैशाख २०८३, बुधवार
१६ वैशाख २०८३, बुधवार


सांसद सुनिल शर्माको स्वास्थ्य टोली बाग्लुङको नारायणस्थानमा

एक्सन खबर
चैत, २५, २०८०


सांसद सुनिल शर्माको स्वास्थ्य टोली बाग्लुङको नारायणस्थानमा

काठमाडौं । नेपाली कांग्रेसका सांसद डाक्टर सुनिलकुमार शर्मा नेतृत्वको स्वास्थ्य टोलीले गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा वृहद् निःशुल्क स्वास्थ्य शिविर गरिरहेको छ । शनिबार बाग्लुङको बडी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर गरेको टोलीले आइतबार बाग्लुङ नगरपालिका वडा नं. १० मा शिविर सञ्चालन गरेको छ ।

लायन्स क्लब अफ, बाग्लुङ भैरब, लायन्स क्लव अफ बाग्लुङ गाजाहिल, नारायण स्थान सामाजिक सेवा प्रतिष्ठानको आयोजना, बाग्लुङ नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २ हजार २ सय ४० जना बिरामीको स्वास्थ्य जाँच गरिएको छ । शिविरमा काठमाडौं मेडिकल कलेजका दक्ष तथा विशेषज्ञ चिकित्सकहरुले सेवा दिएका थिए । शिविरमा १८५ जनाको इसिजी, २६० जनाको ल्याब परीक्षण, २५१ जनाको भिडियो एक्सरे, ९५ जनाको इको गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

शिविरमा ८५ जनाको दाँत खोलिएको थियो भने, थप उपचारका लागि ९५ जनालाई ओ.टी. रेफर गरिएको छ । विश्व स्वास्थ्य दिवस २०२४, मेरो स्वास्थ्य मेरो अधिकार भन्ने नाराका साथ आयोजित शिविरको प्रमुख अतिथी सांसद सुनिलकुमार शर्मा थिए । उनले शिविरको उद्घाटन गर्दै दूरदराजमा रहेका नागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर आफुले निःशुल्क स्वास्थ्य शिविर चलाएको बताए । स्वास्थ्य जस्तो अति संवेदनशील विषयमा राज्यले ध्यान दिन नसकेको चर्चा गर्दै सांसद शर्माले आफु सदैव देश र जनताका लागि काम गर्न प्रतिबद्ध रहेको जिकीर गरे ।

बाग्लुङ नगरपालिका वडा नं. १४ का वडाध्यक्ष चक्रबहादुर खत्रीको सभापतित्वमा सम्पन्न शिविरको विशिष्ठ अतिथि गण्डकी प्रदेशसभा सदस्य डिल्ली सुवेदी, बाग्लुङ नगरपालिका उपमेयर राजु खड्का, जैमुनि नगरपालिका उपप्रमुख हरिहर शर्मा, पुर्व सभापति (खोटाङ) सुभास पोखरेल, बरिष्ठ जनस्वास्थ्य प्रशासक बाबुराम आचार्य लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका वक्ताहरुले सांसद शर्माले गरेको समाजसेवा, निःशुल्क स्वास्थ्य सेवा अनुकरणीय भएको भन्दै प्रशंसा गरेका थिए । उनीहरुले राजनीति र समाजसेवालाई एकै साथ लगे देश र समाज निर्माणमा ठूलो टेवा पुग्ने पनि बताए ।
























0 प्रतिकृया