कांग्रेस सांसद सुनिल शर्माको स्वास्थ्य टोली बाग्लुङको बाबियाचौरमा, एकैदिन २५ सय बढीको उपचार
एक्सन खबर
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद सुनिलकुमार शर्माको निःशुल्क स्वास्थ्य शिविरको टोली म्याग्दीको बाबियाचौर पुगेको छ । काठमाडौं मेडिकल कलेजका विशेषज्ञ स्वास्थ्यकर्मी सहित डाक्टर शर्मा दूरदराजमा रहेका नागरिकको स्वास्थ्य जाँच गर्न म्याग्दीको बाबियाचौर पुगेका हुन् ।
सोमबार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २ हजार पाँच सय बढी बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । काठमाडौं मेडिकल कलेजका जनरल मेनेजर नारायण दाहालका अनुसार शिविरमा २५ सय ५६ जनाको स्वास्थ्य जाँच भएको छ । शिविरमा १८९ जनाको इसिजी, २२१ जनाको ल्याब परीक्षण, २०७ जनाको भिडियो एक्सरे, ९५ जनाको इको गरिएको छ । भने, ११३ जनाको दाँत खोलिएको छ । शिविरमा आएका मध्ये ११५ जनालाई थप उपचारका लागि ओ.टी. रेफर पनि गरिएको छ । गम्भिर प्रकारका शल्यक्रिया नगरी उपचार नहुने केस ओ.टी. रेफर गरिन्छन् ।
शिविरको उद्घाटन सांसद डा. शर्माले गर्दै नागरिकको मौलिक हक अधिकारका रुपमा रहेको स्वास्थ्यमा जनताको पहुँच नपुगिरहेको बर्तमान परिवेशमा आफुले व्यक्तिगत प्रयासमा दुरदराजका नागरिकलाई घरदैलोमै निःशुल्क स्वास्थ्योपचार दिने जमर्को गरेको बताए ।
मंगला गाउँपालिकाका अध्यक्ष सुत प्रसाद रोक्काको सभापतित्वमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा संविधान सभा सदस्य रेशम बानीयाँ, गण्डकी प्रदेश सभा सदस्य बिमला गौचन, खोटाङ पूर्व सभापति सुभाष पोखरेल, गाउँ पालिका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलले स्वास्थ्य शिविरको चर्चा गर्दै दुर्गम क्षेत्रमा स्वास्थ्यको पहुँचबाट बिमुख नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न सांसद शर्माले निभाएको भूमिकाको प्रशंसा गरेका थिए ।
0 प्रतिकृया