Follow us:


Follow us

३ चैत २०८१, सोमवार
३ चैत २०८१, सोमवार


सांसद सुनिल शर्माको स्वास्थ्य टोली पर्वतको विहादीमा (फोटो फिचर)

एक्सन खबर
चैत, २६, २०८०




सांसद सुनिल शर्माको स्वास्थ्य टोली पर्वतको विहादीमा (फोटो फिचर)

काठमाडौं । गण्डकी प्रदेशका जनता माझ निःशुल्क स्वास्थ्य शिविर लिएर गएका नेपाली कांग्रेसका सांसद डाक्टर सुनिलकुमार शर्मा पर्वतको विहादीमा पुगेका छन् । काठमाडौं मेडिकल कलेजका चिकित्सक सहित पर्वतको विहादी गाउँपालिका पुगेका हुन् ।

मंगलबार नेपाल तारा माध्यामिक विद्यालयमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा करिब २५ सय बिरामीको स्वास्थ्य जाँच गरिएको छ । शिविरमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, गरिब विपन्न नागरिकले सेवा लिए । शिविरमा २ हजार ४ सय ५६ जना बिरामीको स्वास्थ्य जाँच गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

शिविरमा १८० जनाको इसिजी, २१५ जनाको ल्याब परीक्षण, १९५ जनाको भिडियो एक्सरे, ८५ जनाको इको तथा १०१ जनाको दाँत खोलिएको छ । त्यस्तै शिविरमा स्वास्थ्य जाँचका लागि आएका मध्ये १०१ जनालाई थप उपचारको लागि ओ.टी. रेफर समेत गरिएको केएमसीका जनरल मेनेजर दाहालले जानकारी दिए ।

शिविरमा स्त्री तथा प्रसुति रोग, नाक कान घाँटी, जनरल मेडिसिन, दन्त रोग, आँखा रोग, बाल रोग विशेषज्ञ चिकित्सकहरुले सेवा दिएका थिए ।

शिविरको उद्घाटन सांसद डा. शर्माले गर्दै दूरदराजमा रहेका गरिब, असहायको सेवा गर्न निःशुल्क स्वास्थ्य शिविर लिएर हिँडेको बताए । उनले शिविरमा आएका गरिब, विपन्न नागरिकको निःशुल्क उपचार गरिदिने समेत घोषणा गरेका छन् । उनले देशैभर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको बताए ।

विहादी गाउँपालिका अध्यक्ष प्रविण गुरुङको अध्यक्षतामा आयोजित शिविरमा खोटाङ जिल्ला पूर्वसभापति सुभास पोखरेल, नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य राजिब लामिछाने लगायत रहेका थिए ।   






















0 प्रतिकृया