Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


सांसद सुनिल शर्माको स्वास्थ्य टोली पर्वतको विहादीमा (फोटो फिचर)

एक्सन खबर
चैत, २६, २०८०


सांसद सुनिल शर्माको स्वास्थ्य टोली पर्वतको विहादीमा (फोटो फिचर)

काठमाडौं । गण्डकी प्रदेशका जनता माझ निःशुल्क स्वास्थ्य शिविर लिएर गएका नेपाली कांग्रेसका सांसद डाक्टर सुनिलकुमार शर्मा पर्वतको विहादीमा पुगेका छन् । काठमाडौं मेडिकल कलेजका चिकित्सक सहित पर्वतको विहादी गाउँपालिका पुगेका हुन् ।

मंगलबार नेपाल तारा माध्यामिक विद्यालयमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा करिब २५ सय बिरामीको स्वास्थ्य जाँच गरिएको छ । शिविरमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, गरिब विपन्न नागरिकले सेवा लिए । शिविरमा २ हजार ४ सय ५६ जना बिरामीको स्वास्थ्य जाँच गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

शिविरमा १८० जनाको इसिजी, २१५ जनाको ल्याब परीक्षण, १९५ जनाको भिडियो एक्सरे, ८५ जनाको इको तथा १०१ जनाको दाँत खोलिएको छ । त्यस्तै शिविरमा स्वास्थ्य जाँचका लागि आएका मध्ये १०१ जनालाई थप उपचारको लागि ओ.टी. रेफर समेत गरिएको केएमसीका जनरल मेनेजर दाहालले जानकारी दिए ।

शिविरमा स्त्री तथा प्रसुति रोग, नाक कान घाँटी, जनरल मेडिसिन, दन्त रोग, आँखा रोग, बाल रोग विशेषज्ञ चिकित्सकहरुले सेवा दिएका थिए ।

शिविरको उद्घाटन सांसद डा. शर्माले गर्दै दूरदराजमा रहेका गरिब, असहायको सेवा गर्न निःशुल्क स्वास्थ्य शिविर लिएर हिँडेको बताए । उनले शिविरमा आएका गरिब, विपन्न नागरिकको निःशुल्क उपचार गरिदिने समेत घोषणा गरेका छन् । उनले देशैभर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको बताए ।

विहादी गाउँपालिका अध्यक्ष प्रविण गुरुङको अध्यक्षतामा आयोजित शिविरमा खोटाङ जिल्ला पूर्वसभापति सुभास पोखरेल, नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य राजिब लामिछाने लगायत रहेका थिए ।   






















0 प्रतिकृया