सांसद सुनिल शर्माको स्वास्थ्य टोली स्याङ्जाको पुतलीबजारमा
एक्सन खबर
काठमाडौं । काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मी सहित निःशुल्क स्वास्थ्य शिविरको चलाउँदै गण्डकी प्रदेश गएका नेपाली कांग्रेसका सांसद डाक्टर सुनिलकुमार शर्मा स्याङ्जाको पुतलीबजार पुगेको छ ।
बिहीबार त्रिभुवन माध्यामिक विद्यालयमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १६५० जनाको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । शिविरमा ११६ जनाको इसिजी, २३० जनाको ल्याब परीक्षण, २४० जनाको भिडियो एक्सरे, ९५ जनाको इको गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार शिविरमा ७५ जनाको दाँत खोलिएको छ भने, ८५ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।
पुतलीबजार नगरपालिकाको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै कांग्रेस सांसद डा. सुनिलकुमार शर्माले जनतालाई गाउँघरमै विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा दिन निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको बताए । उनले निःशुल्क स्वास्थ्य सेवाको अभियानलाई देशभर सञ्चालन गरिने घोषणा गरे ।
पुतलीबजार नगरपालिकाका मेयर तुलसीराम रेग्मीको सभापतित्वमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, पूर्व खोटाङ सभापति सुभास पोखरेल, तरुण दल केन्द्रीय सदस्य राजिब लामिछाने लगायतको सहभागीता रहेको थियो ।
0 प्रतिकृया