Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


केएमसीमा मुटु रोगी बिरामीलाई उपचारमा एक लाख रुपैंयाको सहुलियत

एक्सन खबर
चैत, २७, २०८०


केएमसीमा मुटु रोगी बिरामीलाई उपचारमा एक लाख रुपैंयाको सहुलियत

काठमाडौं । काठमाडौँ मेडिकल कलेजमा मुटु रोगको उपचार गर्दा बिरामीहरुले एक लाख रुपैंयाको सहुलियत पाउने भएका छन् । केएमसी र स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा विच मुटु रोगको उपचार गर्दा सरकारले दिने एक लाख रुपैयाँ सहुलियतको सम्झौता भएको हो ।

बुधबार भएको सम्झौता अनुसार मुटुका रोगीहरुले केएमसीमा उपचार गर्दा एक लाख रुपैयाँ बराबरको निःशुल्क उपचार पाउने छन् । त्यसैगरी मृगौलाका रोगीहरुलाई डायलासिस गर्न नेपाल सरकारले दिने सुविधाका विषयमा पनि सम्झौता भएकोे छ ।

यस्तै केएमसीले चिकित्सकले सिफारिस गरे बमोजिम तोकिएको कडा रोगको उपचारमा प्रयोग हुने औषधी तथा औषधीजन्य सामाग्री, शल्यक्रिया, प्रयोगशाला आदी सेवा निःशुल्क उपलब्ध गराउने भनिएको छ ।

केएमसीका प्रबन्धक नारायण दाहालका अनुसार यो सेवा पहिलेदेखि भएपनि बुधबार पुनः नवीकरण गरिएको हो । सम्झौतामा स्वास्थ्य सेवा विभागकी निर्देशक हिराकुमारी निरौला र काठमाडौं मेडिकल कलेजका तर्फबाट महाप्रबन्धक तुलसीप्रसाद कार्कीले हस्ताक्षर गरेका छन् ।













0 प्रतिकृया