Follow us:


Follow us

७ माघ २०८१, सोमवार
७ माघ २०८१, सोमवार


केएमसीमा मुटु रोगी बिरामीलाई उपचारमा एक लाख रुपैंयाको सहुलियत

एक्सन खबर
चैत, २७, २०८०




केएमसीमा मुटु रोगी बिरामीलाई उपचारमा एक लाख रुपैंयाको सहुलियत

काठमाडौं । काठमाडौँ मेडिकल कलेजमा मुटु रोगको उपचार गर्दा बिरामीहरुले एक लाख रुपैंयाको सहुलियत पाउने भएका छन् । केएमसी र स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा विच मुटु रोगको उपचार गर्दा सरकारले दिने एक लाख रुपैयाँ सहुलियतको सम्झौता भएको हो ।

बुधबार भएको सम्झौता अनुसार मुटुका रोगीहरुले केएमसीमा उपचार गर्दा एक लाख रुपैयाँ बराबरको निःशुल्क उपचार पाउने छन् । त्यसैगरी मृगौलाका रोगीहरुलाई डायलासिस गर्न नेपाल सरकारले दिने सुविधाका विषयमा पनि सम्झौता भएकोे छ ।

यस्तै केएमसीले चिकित्सकले सिफारिस गरे बमोजिम तोकिएको कडा रोगको उपचारमा प्रयोग हुने औषधी तथा औषधीजन्य सामाग्री, शल्यक्रिया, प्रयोगशाला आदी सेवा निःशुल्क उपलब्ध गराउने भनिएको छ ।

केएमसीका प्रबन्धक नारायण दाहालका अनुसार यो सेवा पहिलेदेखि भएपनि बुधबार पुनः नवीकरण गरिएको हो । सम्झौतामा स्वास्थ्य सेवा विभागकी निर्देशक हिराकुमारी निरौला र काठमाडौं मेडिकल कलेजका तर्फबाट महाप्रबन्धक तुलसीप्रसाद कार्कीले हस्ताक्षर गरेका छन् ।













0 प्रतिकृया