Follow us:


Follow us

१८ वैशाख २०८१, मङ्गलवार
१८ वैशाख २०८१, मङ्गलवार


आजदेखि नयाँ साल २०८१ सुरू, शुभकामना आदानप्रदान गरिँदै

एक्सन खबर
बैशाख, १, २०८१


आजदेखि नयाँ साल २०८१ सुरू, शुभकामना  आदानप्रदान गरिँदै

काठमाडौं । आजदेखि विक्रम सम्वत २०८१ सुरू भएकाे छ । नयाँ वर्ष सुरू भएको पहिलो दिन आज स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।

विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम सम्वत् भनिएको हो । मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा विक्रम सम्वत् चलेको हो ।

नयाँ वर्ष आरम्भका अवसरमा आज सार्वजनिक बिदा दिइएको छ । आज बिहानै स्नान गर्ने, मन्दिर जाने, घर सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना दिइन्छ ।

नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्याधीश विश्वम्भर प्रसाद श्रेष्ठ,  सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, राजनीतिक दलका शीर्ष नेता लगायतले शुभकामना दिएका छन् ।

सफलता प्राप्त गर्न आजका दिन नयाँ योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ । नयाँ वर्षकाे दिन नयाँ ठाउँ घुम्ने, परिवारजासँग बसेर मिस्ठान्न ग्रहण गर्ने गरिन्छ ।

विक्रम सम्वत् १३५ देखि शक सम्वत्, सम्वत् ६३३ देखि मानदेव सम्वत्, विक्रम सम्वत् ९३६ देखि नेपाल सम्वत् चलेको हो । यी सम्वतमध्ये अहिले मानदेव सम्वतको चलन हराइसकेको छ ।

१२औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विक्रम सम्वतको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको इतिहासविदहरूकाे कथन छ ।













0 प्रतिकृया