Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


सांसद शर्माको निःशुल्क स्वास्थ्य शिविर ओशो तपोवनमा

एक्सन खबर
बैशाख, १, २०८१


सांसद शर्माको निःशुल्क स्वास्थ्य शिविर ओशो तपोवनमा

काठमाडौं । सांसद डाक्टर सुनिल कुमार शर्माको स्वास्थ्य टोली ओशो तपोवनमा आइपुगेको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर चलाउँदै हज्जारौंलाई स्वास्थ्य सेवा प्रदान गरेको डा. शर्मा नेतृत्वको स्वास्थ्य शिविरले तारकेश्वर नगरपालिकाको वडा नं. ३ र ५ मा रहेको ओशो तपोवनमा निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।

ओशो तपोवनको प्राङ्गणमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ४५३ जनाको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । ओशो तपोवनको वार्षिकोत्सवको अवसरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा जनरल स्वास्थ्य जाँच, निःशुल्क औषधी वितरण समेत गरिएको छ ।

शिविरलाई काठमाडौं मेडिकल कलेजका ७ जनाको विशेषज्ञ चिकित्सकले सेवा दिएका थिए । शिविरमा नाक कान घाँटी, स्त्री तथा प्रसुति, जनरल मेडिसिन लगायतको सेवा दिइएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए ।















0 प्रतिकृया