Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


शेखर काेइराला किराँत धर्मगुरु सँग आशिर्वाद लिन उनको आश्रममा

एक्सन खबर
बैशाख, ५, २०८१


शेखर काेइराला किराँत धर्मगुरु सँग आशिर्वाद लिन उनको आश्रममा

काठमाडाैं । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला मंगलबार किराँत धर्म गुरु आत्मनन्द लिङ्देनसँग आशिर्वाद लिन उनको आश्रम पुगेका छन् । उपनिर्वाचनको प्रचारका लागि ईलाम-२ पुगेका कोइरालाले आज ईलाम माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा रहेको लिङ्देनको आश्रम पुगेर उनलाई भेटेका हुन् ।

भेटमा धर्मगुरु लिङ्देनले देशको अवस्था राम्रो नभएको, जनताले सास्ती भोगिरहनु परेको र धर्म संस्कृतिको क्षेत्रमा समेत प्रहार हुन थालेको गुनासो गरे । गिरिजाप्रसाद कोइराला ३ पटक आफुलाई भेट्न आएको स्मरण गर्दै लिङ्देनले कोइरालालाई भने-"गिरिजाप्रसाद पछि देशले जिम्मेवार अभिभावक पाएन । माओवादी द्वन्द्व समाधान गर्न तपाईले निकै राम्रो भुमिका खेल्नुभयो । अब एकपटक देशको बागडोर सम्हालेर जनताको अभिभावक बनिदिनुस, म तपाईंको साथमा छु ।"

जवाफमा नेता कोइरालाले आफू यतिबेला सबै भन्दा माथि देश र जनता छन भन्ने अभियान बोकेर हिडेको बताए । कोइरालाले सबै जातजातिको धर्म संस्कृति बचाउने कुरामा आफू अडिग रहेको र त्यसका लागि गुरु लिङ्देनको आशिर्वाद लिन आएको बताए । कोइरालाले अहिलेको बेतिथी हटाएर देशलाई निकास दिन सक्छु भन्ने कुरामा बिश्वस्त रहेको धारणा राखे ।













0 प्रतिकृया