सांसद सुनिल शर्माको स्वास्थ्य शिविर पेप्सीकोलामा, ९६५ लाभान्वित
काठमाडौं । नेपाली कांग्रेसका नेता सांसद डाक्टर सुनिल शर्माको स्वास्थ्य टोलीले काठमाडौंको पेप्सीकोलामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । लुुम्बिनी प्रदेशका विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर गर्दै हज्जारौंको स्वास्थ्य जाँच गरेको टोलीले पेप्सीकोलामा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
कागेश्वरी मनहरा नगरपालिका वडा नं. ९ मा हिमालय टाेल सुधार समितिसँगकाे सहकार्यमा सम्पन्न शिविरमा ९६५ जनाको स्वास्थ्य जाँच गरिएको काठमाडौं मेडिकल कलेजका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा ४२ जनाको इसिजी, ९८ जनाको भिडियो एक्सरे, १०९ जनाको ल्याब परीक्षण गरिएको छ । केएमसीका जनरल मेनेजर दाहालका अनुसार शिविरमा ३५ जनाको दाँत खोलिएको छ भने, २७ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।
शिविरमा केएमसीका विशेषज्ञ चिकित्सकहरुले नाक कान घाँटी, आँखा रोग, दन्त रोग, जनरल मेडिसिन, स्त्री तथा प्रसुति, नसा तथा हाडजोर्नी, बाल रोग सम्बन्धी सेवाहरु दिएका थिए । सांसद शर्माले आम नागरिकलाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन निःशुल्क स्वास्थ्य शिविरको थालनी गरेका हुन् ।
डा. शर्माको स्वास्थ्य शिविरबाट देशभरका लाखौं गरिब, असहाय, विपन्न, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक लाभान्वित भइरहेका छन् । यसका अलावा डा. शर्मा आफैंले गम्भिर प्रकारका रोगले ग्रस्त, असहाय नागरिकलाई गाउँगाउँबाट उठाएर निःशुल्क उपचार समेत गराउँदै आइरहेका छन् ।
0 प्रतिकृया