Follow us:


Follow us

७ माघ २०८१, सोमवार
७ माघ २०८१, सोमवार


सांसद सुनिल शर्माले दिए डाक्टर भगवान काेइरालाकाे अस्पताललाई २० लाख रूपैंया

एक्सन खबर
बैशाख, ६, २०८१




सांसद सुनिल शर्माले दिए डाक्टर भगवान काेइरालाकाे अस्पताललाई २० लाख रूपैंया

काठमाडौँ । वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर भगवान कोइरालाको अगुवाइमा बन्न लागेको बाल अस्पताललाई संघीय सांसद डा. सुनील कुमार शर्माले २० लाख रुपैयाँ सहयोग प्रदान गरेका छन् । बिहीबार शर्माले काठमाडौंको हेपाली हाइटमा निर्माणाधीन काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) लाई उक्त रकम सहयोग हस्तान्तरण गरेका हुन् ।

रकम हस्तान्तरण गर्दै सांसद शर्माले राज्य गर्नुपर्ने काम डा. कोइरालाले आफैँ गर्न लागेकाले कोइरालाको सम्मान स्वरूप बाल अस्पताल निर्माणमा आफूले सहयोग गरेको बताए । डा. काेइरालाले सातै प्रदेशमा बालबालिकाहरूकाे लागि स्तरीय अस्पताल निर्माण गर्न लागेकाले सहयाेग गरेको बताए । ‘वास्तवमा याे राज्यले गर्नुपर्ने काम हाे । उहाँले आफ्नाे जीवनकालमा स्वदेश तथा विदेशमा आफुले प्राप्त गरेकाे ज्ञान, अनुभव र गुडविललाई नेपाली जनताकाे निम्ति, बालबालिकाहरूकाे निम्ति प्रयाेग गर्दै हुनुहुन्छ । यसमा हामीले पनि सकेकाे केही गर्न सकिन्छ कि सकेकाे सहयाेग गरेकाे हुँ ।’ सांसद शर्माले भने ।  

उनले आफुले गरेकाे सहयाेग कुनै ठूलाे सहयाेग नभएतापनि संसारमा बस्ने नेपालीहरू माझ सकारात्मक सन्देश दिन खाेजेकाे पनि बताए । विदेशमा बस्ने नेपालीहरूलाई नेपालकाे राजनीति प्रति वितृष्णा रहेकाेले सकारात्मक सन्देश दिन जरुरी देखिएकाे भन्दै उनले राज्य बनाउने दायित्व नागरिककाे पनि रहेकाे जिकीर गर्दै संसारभर छरिएर रहेका नेपालीलाई अस्पताल निर्माणमा सहयाेग गर्न आग्रह पनि गरे ।

डा. भगवान कोइरालाले लामो डाक्टर जीवनको भोगाइमा पाएको पीडाको निष्कर्षबाट अस्पताल निर्माण गर्न लागेको बताए । उनले २५ वर्षमा नेपालमा बालबालिकाहरूलाई बचाउन सक्ने अवस्था रहेको तर मुलुकको व्यवस्थापकीय क्षमता र प्रविधिको कमीले गर्दा नसकिएको बताए । बालबालिकाहरूको उपचारको लागि प्रमुख प्राथमिकता दिएर सेवा दिने उद्देश्यले अस्पतालको निर्माण थालिएको बताउँदै डा. काेइरालाले सबैकाे सहयाेगले उर्जा थपेकाे जिकीर गरे ।

कियोच अस्पतालले काठमाडौँसँगै सातै प्रदेशमा विशिष्टीकृत बाल अस्पताल निर्माण परियोजना अगाडि बढाएको पनि डा. कोइरालाले जानकारी दिए ।













0 प्रतिकृया