Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


सांसद सुनिल शर्माको स्वास्थ्य शिविर बुढानिलकण्ठमा, ६२१ जनाको स्वास्थ्य जाँच

एक्सन खबर
बैशाख, ८, २०८१


सांसद सुनिल शर्माको स्वास्थ्य शिविर बुढानिलकण्ठमा, ६२१ जनाको स्वास्थ्य जाँच

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनीलकुमार शर्माको निःशुल्क स्वास्थ्य शिविर काठमाडौंको बुढानिलकण्ठमा गरिएको छ । काठमाडौं मेडिकल कलेजका विशेषज्ञ चिकित्सकको टोलीले बुढानिलकण्ठ नगरपालिका वडा नं. १ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

स्थानीय ओम स्कुलमा कम्युनिकेशन नेपालसँगको सहकार्यमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ६२१ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जनरल मेनेजर नारायण प्रसाद दाहालले जानकारी दिए । दाहालका अनुसार शिविरमा ४५ जनाको ईसीजी, ८९ जनाको ल्याब परीक्षण र ९८ जनाको भिडियो एक्सरे गरिएको थियो ।

त्यस्तै २२ जनाको दाँत खोलिएको र ३२ जना बिरामीलाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ । शिविरमा नाक कान घाँटी, स्त्री तथा प्रसुति, जनरल मेडिसिन, नसा तथा हाडजाेर्नी, बाल राेग, दन्त राेग लगायतका सेवाहरू प्रदान गरिएकाे छ ।

डाक्टर सुनिल कुमार शर्माले सामाजिक भावनाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेका छन् । उनले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा निःशुल्क स्वास्थ्य शिविर गर्दै आइरहेका हुन् । डा. शर्माको शिविरबाट सहरदेखि दुरदराजमा रहेका जनताहरुले स्वास्थ्य सेवा पाइरहेका छन् ।














0 प्रतिकृया