Follow us:


Follow us

१६ वैशाख २०८२, मङ्गलवार
१६ वैशाख २०८२, मङ्गलवार


सुदुरपश्चिम र कर्णाली प्रदेशमा केएमसीले निःशुल्क स्वास्थ्य चलाउने

एक्सन खबर
बैशाख, १२, २०८१




सुदुरपश्चिम र कर्णाली प्रदेशमा केएमसीले निःशुल्क स्वास्थ्य चलाउने

काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले सुदुरपश्चिम र कर्णाली प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।मंगलबार कलेजले एक विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम र कर्णाली प्रदेशका जनताको स्वास्थ्य सेवाको पहुँचलाई अझ सरलीकृत गर्ने उद्देश्यका साथ निःशुल्क स्वास्थ्य शिविर गर्ने जनाएकाे हाे ।

कमजोर आर्थिक अवस्थाका कारण स्वास्थ्यको पहुँचबाट वञ्चित जनतालाई गाउँघरमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको कलेजका महाप्रबन्धक तुलसी बहादुर कार्कीले बताएका छन् ।

कलेजले वैशाख १३ गते डोटी जिल्लाको दिपायलमा, वैशाख १५ गते बाजुराको पिलुचौरमा, वैशाख १७ गते हुम्लाको सर्वोघाटमा, वैशाख १९ गते मुगुको गमगढीमा बृहद् निःशुल्क स्वास्थ्य शिविर गर्नेछ । त्यस्तै, वैशाख २१ गते कालिकोट र जुम्लालाई पायक पर्ने गरी कालिकोटको नाग्ममा निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्ने गरिने छ ।

निःशुल्क स्वास्थ्य शिविरमा सहभागी सर्वसाधारण जनतालाई शिविर मै उपचार हुन सक्ने अवस्थामा त्यहीँ उपचार प्रदान गरिने तथा शिविरमा उपचार हुन नसक्ने र सुविधासम्पन्न अस्पतालमा मात्र उपचार सम्भव हुने बिरामीका हकमा काठमाडाैं मेडिकल कलेजमा निःशुल्क उपचार गरिदिने भनिएकाे छ ।

‘मृगौला प्रत्यारोपण, मुटु, हाडजोर्नी, नशासम्बन्धी, प्रसूति तथा स्त्रीरोग जस्ता रोगका गम्भीर अवस्थाका बिरामीहरूलाई काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड, सिनामंगल काठमाडौंमा सामान्य देखि जटिल प्रकारका शल्यक्रिया लगायतका उपचार सेवा निःशुल्क रुपमा उपलब्ध गरिने सहर्ष जानकारी गराउँदछाैं ।’ कलेजद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ ।

निःशुल्क स्वास्थ्य शिविरलाई व्यवस्थित एवं प्रभावकारी तवरले सञ्चालन गर्न आवश्यक सहयोग र समन्वय गर्न सम्बन्धित सबैमा कलेजले अनुरोध गरेको छ । नेपाली कांग्रेसका प्रभावशाली नेता सांसद डाक्टर सुनिलकुमार शर्माले ३ वर्ष अघि केएमसीकाे व्यवस्थापन संहालेसँगै त्यहाँकाे स्वास्थ्य सेवालाई जनस्तरमा पुर्याउनका लागि शहरी क्षेत्रसँगै दूरदराजमा समेत निःशुल्क स्वास्थ्य शिविर चलाउन थालिएकाे हाे ।

केएमसीकाे निःशुल्क स्वास्थ्य शिविरबाट अहिलेसम्म लाखाैं जनताले सेवा पाइसकेका छन् ।













0 प्रतिकृया