Follow us:


Follow us

२२ फागुन २०८२, शुक्रवार
२२ फागुन २०८२, शुक्रवार


सांसद सुनिल शर्माको स्वास्थ्य टोली डोटीको दिपायलमा, एकैदिन १७०५ जनाको उपचार

एक्सन खबर
बैशाख, १३, २०८१


सांसद सुनिल शर्माको स्वास्थ्य टोली डोटीको दिपायलमा, एकैदिन १७०५ जनाको उपचार

काठमाडौं । सांसद सुनिलकुमार शर्माको स्वास्थ्य टोली सुदुरपश्चिमको डोटीको दिपायल पुगेको छ । काठमाडौं मेडिकल कलेजका विशेषज्ञ चिकित्सकहरु सम्मिलित निःशुल्क स्वास्थ्य शिविरको टोली लिएर सांसद शर्मा दिपायल पुगेका हुन् ।

आज दिपायलको सिलगढी नगरपालिकाको दिल्पेश्वर माध्यामिक विद्यालयमा आयोजित बृहद् निःशुल्क स्वास्थ्य शिविरमा १७०५ जनाको निःशुल्क उपचार गरिएको छ । शिविरबाट उक्त नगरपालिकाका महिला, बालबालिका, ज्येष्ठ नागरिक, गरिब, विपन्न समुदायका नागरिक बढी लाभान्वित भएको केएमसीका जनरल मेनेजर नारायण प्रसाद दाहालले जानकारी दिए । शिविरमा १०३ जनाको इसिजी, २११ जनाको ल्याब परीक्षण, १९५ जनाको भिडियो एक्सरे गरिएको छ । भने, शिविरमा आएका मध्ये ६५ जनाको इको समेत गरिएको केएमसीका जनरल मेनेजर दाहालले जानकारी दिए ।

शिविरबाट थप उपचारका लागि ५७ जनालाई ओ.टी. रेफर गरिएको छ । शिविरमा विद्यालयका विद्यार्थीहरुसँगै नगरपालिकाका महिला तथा ज्येष्ठ नागरिकको बढी सहभागिता रहेको थियो ।

दिपायल सिलगढी नगरपालिकाका प्रमुख विजय खड्काको सभापतित्वमा आयोजित निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन सांसद डाक्टर शर्माले गरेका थिए । सो अवसरमा बोल्दै सांसद शर्माले जनतालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न शिविर ल्याइएको बताए । शिविरबाट थप उपचारकालागि रेफर भएका बिरामीको उपचारमा सांसद शर्माले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा केएमसीका जनरल मेनेजर नारायणप्रसाद दाहालले जनतालाई सर्वसुलभ तवरले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न कलेज लागि परेको बताउँदै अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवाबारे जानकारी गराए । समाजसेवी सुवास पोखरेलले नेपालको पूर्वी भेगमा जन्मिए पनि देशका कुना कन्दराका जनतालाई सेवा गरिरहेका सांसद शर्माको मुक्त कण्ठले प्रसंसा गर्दै राजनीति गर्नेहरुले सांसद शर्माको कार्यशैलीबाट सिक्नुपर्ने बताए ।

















0 प्रतिकृया