Follow us:


Follow us

३१ वैशाख २०८१, सोमवार
३१ वैशाख २०८१, सोमवार


फर्टिलिटी सोसाईटी अफ नेपालकाे नेतृत्वमा नेपाल मेडिकल कलेजका अध्यक्ष डा. रिजाल

एक्सन खबर
बैशाख, १५, २०८१


फर्टिलिटी सोसाईटी अफ नेपालकाे नेतृत्वमा नेपाल मेडिकल कलेजका अध्यक्ष डा. रिजाल

काठमाडाैं । फर्टिलिटी सोसाईटी अफ नेपाल (एफईएसओएन)को नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिबार सम्पन्न संस्थाको पहिलो बार्षिक साधारण सभाले नेपाल मेडिकल कलेजका अध्यक्ष बरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. भोला रिजालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

साधारण सभाबाट बरिष्ठ उपाध्यक्षमा डा. उमा श्रीवास्तव, उपाध्यक्षमा डा. ज्ञानेन्द्रमानसिंह कार्की, डा. सानुमैया श्रेष्ठ र  डा. सविना श्रेष्ठ निवार्चित भएका छन् । महासचिवमा डा. स्वस्ति शर्मा, सह महासचिव पदमा डा. रश्मि श्रीश र कोषाध्यक्षमा डा. मीरा थापा निर्वाचित भएका छन् ।

समितिकाे सदस्यहरुमा डा. उषा खाँण, डा. प्रेरणा दाहाल, डा. चेतना श्रेष्ठ, डा. गिरिधर शर्मा निर्वाचित भएका छन् । फर्टिलिटी सोसाईटी अफ नेपाल पहिले डा. रिजालकै नेतृत्वमा तदर्थ समितिकाे रूपमा रहेकाे थियाे ।

सोसाइटीमा अहिलेसम्म ४५ जना सदस्य छन् । भने, नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको रहने छ । नेपालमा निसन्तान सेवाकाे विकासमा अन्तराष्ट्रिय स्तरकाे सेवा प्रदान गर्ने उद्देश्यले समाजकाे स्थापना गरिएकाे हाे ।













0 प्रतिकृया