Follow us:


Follow us

१६ वैशाख २०८२, मङ्गलवार
१६ वैशाख २०८२, मङ्गलवार


सांसद सुनिल शर्माकाे स्वास्थ्य शिविरमा एकैदिन १७ सयको निःशुल्क स्वास्थ्य जाँच

एक्सन खबर
बैशाख, १८, २०८१




सांसद सुनिल शर्माकाे स्वास्थ्य शिविरमा एकैदिन १७ सयको निःशुल्क स्वास्थ्य जाँच

काठमाडौं । राजनीतिसँगै समाजसेवा र स्वास्थ्य क्षेत्रको विकासमा लागेका कांग्रेस सांसद डा. सुनिलकुमार शर्मा यतिबेला सुद्रपश्चिमको दुर्गम पहाडी जिल्लामा छन् । निःशुल्क स्वास्थ्य शिविर लिएर दुर्गमका जनताको सेवा गर्न सक्रिय सांसद शर्माले नेतृत्व गरेको स्वास्थ्य टोलीले एकै दिन १७०० जनाको निःशुल्क स्वास्थ्य जाँच गरेको छ ।

हुम्लाकाे सर्केघाटमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा एकै दिन १७०० जनाको निःशुल्क स्वास्थ्य जाँच गरिएको काठमाडौं मेडिकल कलेजका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार शिविरमा १०९ जनाको इसिजी, १११ जनाको भिडियाे एक्सरे, २०७ जनाको ल्याब परीक्षण तथा ८९ जनाको इको गरिएको छ । त्यस्तै, १०४ जनाको दाँत खोलिनुका साथै थप उपचारका लागि ११० जनालाई ओ.टी. रेफर गरिएको छ ।

शिविरमा केएमसीका विशेषज्ञ चिकित्सकहरुले नाक कान घाँटी, स्त्री तथा प्रसुति, जनरल मेडिसिन, बाल रोग, दन्त रोग, नसा तथा हाडजोर्नी लगायतका सेवाहरु दिएका थिए । शिविरमा महिला, ज्येष्ठ नागरिक, स्थानीय गरिब, विपन्न नागरिकहरुको बढी सहभागीता रहेको थियो ।

गमगढी गाउँपालिकाको आयोजना, पालिका अध्यक्ष थानबहादुर रोकायाको सभापतित्वमा आयोजित निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै प्रमुख अतिथी सांसद शर्माले गरिब, विपन्न, दुर्गम क्षेत्रमा स्वास्थ्यको पहुँचमा पुग्न नसकेका नागरिकको सेवा गर्न निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको बताए । कार्यक्रममा सुभास पोखरेल, नेपाली कांग्रेस जिल्ला सभापति जनक शाही, संविधान सभा सदस्य रिता शाही, केएमसीका जनरल मेनेजर नारायण दाहालले बोल्दै सांसद शर्माको समाजसेवाको प्रसंशा गरे ।

डा. शर्मा नेतृत्वको स्वास्थ्य टोलीले गमगढी पुग्नु अगाडी गाउँपालिकाको देउली भन्ने स्थानमा रहेको स्थानीय स्वास्थ्य चौकीमा १२० बिरामीको स्वास्थ्य परीक्षण गरेको थियो ।

बाटोमा खाना खानको निम्ति एक घण्टा खाना पाक्ने समय लाग्ने भएसँगै सोही समयको सदुपयोग गर्दै स्वास्थ्य शिविरको टोलीले निःशुल्क स्वास्थ्य शिविर चलाएको थियो । सो क्रममा ३५ जना शल्यक्रिया गर्ने बिरामीहरु आएकाले उनीहरुलाई बैशाख २७ गते निःशुल्क शल्यक्रिया गरिने भएको छ ।  

सांसद शर्माले केएमसीको ब्यवस्थापन सम्हालेपछि आम नागरिकलाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा दिनका लागि देशभर निःशुल्क स्वास्थ्य शिविर चलाईदै आइएको छ ।























0 प्रतिकृया