Follow us:


Follow us

७ माघ २०८१, सोमवार
७ माघ २०८१, सोमवार


मुगुको गमगढीमा एकैदिन २ हजार बढीको निःशुल्क स्वास्थ्य जाँच

एक्सन खबर
बैशाख, २०, २०८१




मुगुको गमगढीमा एकैदिन २ हजार बढीको निःशुल्क स्वास्थ्य जाँच

काठमाडौं । नेपाली कांग्रेसका सांसद डाक्टर सुनिल कुमार शर्मा नेतृत्वको स्वास्थ्य टोलीले मुगुको गमगढीमा एकैदिन दुई हजार बढी सर्वसाधारणको निःशुल्क स्वास्थ्य जाँच गरेको छ । सुदुरपश्चिम प्रदेशको दुर्गम पहाडी क्षेत्रको भ्रमणमा रहेका सांसद डा. शर्मा नेतृत्वको निःशुल्क स्वास्थ्य शिविर टोलीले मुगुको गमगढीमा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

शिविरमा एकैदिन दुई हजार एक सय २२ जना सर्वसाधारण जनताको स्वास्थ्य जाँच गरेको काठमाडौं मेडिकल कलेजका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । छायाँनाथ रारा नगरपालिकाको आयोजनामा मुगु जिल्ला अस्पतालमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ८९ जनाको इसिजी, १७५ जनाको ल्याब परीक्षण, १८२ जनाको भिडियो एक्सरे गरिएको केएमसीका जनरल मेनेजर दाहालले बताए । शिविरमा ८२ जनाको दाँत खोलिँदा ४९ जनाको इको गरिएको थियो । साथै, शिविरबाट ९७ जनालाई थप उपचारका लागि ओ.टी. सिफारिस गरिएको छ ।  

शिविरमा केएमसीका २५ जना विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीहरुले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सर्वसाधारणलाई स्वास्थ्य सेवा दिएका थिए । शिविरमा उपचार हुन नसकेकाहरुलाई केएमसीले निःशुल्क उपचार गरिदिने गरेको छ । टोलीले मंगलबार हुम्लाको सर्केगाड गाउँपालिकाका एक हजार आठ सय जनाको निःशुल्क स्वास्थ्य जाँच गरेको थियो ।

सामाजिक उत्तरदायित्व अन्तरगत डा. शर्माले केएमसी तथा विराटनगरको नोबेल शिक्षण अस्पतालसँगको सहकार्यमा देशैभर निःशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेका छन् । उनले गम्भिर प्रकारका रोगले ग्रसित, आर्थिक रुपमा उपचारको पहुँचमा पुग्न नसकेका नागरिक र समुदायलाई निःशुल्क स्वास्थ्य उपचार दिइरहेका छन् ।  

छायाँनाथ नगरपालिकाका मेयर विष्णु भामको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि सांसद डा. शर्मा, उपमेयर ऐश्वर मल्ल, केएमसीका जनरल मेनेजर दाहाल तथा अस्पताल व्यवस्थापन अध्यक्ष ज्ञानबहादुर मल्लले सम्बोधन गरेका थिए ।













0 प्रतिकृया