Follow us:


Follow us

३ चैत २०८१, सोमवार
३ चैत २०८१, सोमवार


केएमसीले मनायो नर्सिङ दिवस

एक्सन खबर
बैशाख, ३१, २०८१




केएमसीले मनायो नर्सिङ दिवस

काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) ले अन्तराष्ट्रिय नर्सिङ दिवस मनाएको छ । आइतबार कलेजले एक कार्यक्रम गरी अन्तराष्ट्रिय नर्सिङ दिवस मनाएको हो । साे अवसरमा नर्स तथा स्वास्थ्यकर्मीहरूले एकापसमा शुभकामना साटासाट गरे ।

कलेजमा आयोजित कार्यक्रममा बोल्दै कलेजका प्रमुख सल्लाहकार डाक्टर केपी शर्माले बिरामीको जीवन रक्षा गर्ने कार्यमा संलग्न नर्सहरु सदैव सम्मानीत रहेको बताउँदै नर्सिङ सेवालाई मर्यादित, व्यवस्थित बनाउँदै लैजानु पर्ने आजको आवश्यक्ता भएको बताए । मानवीय सेवामा दत्तचित्त भई स्वास्थ्य सेवामा अहोरात्र खट्ने नर्सहरु तथा स्वास्थ्य क्षेत्रका जनशक्तिहरुको व्यवसायिक, पारिवारिक सुरक्षा राज्यको नजरमा नपरेको जनाए । नर्स बन्नु भनेको आफुलाई अरुको सेवामा समर्पित गराउनु रहेको उल्लेख गर्दै डा. शर्माले फ्लोरेन्स नाइटिङ्गेलको जीवनबाट अभिप्रेरित भएर सेवामा लाग्न सुझाए । 



कार्यक्रममा दया र सेवाकी प्रतिमुर्ति इटालीकी महान नर्स फ्लोरेन्स नाइटिङ्गेललाई स्मरण गर्दै उनको मानवसेवा भावलाई जीवनमा प्रयोग गर्न सुझाइएको छ । क्रिमिया युद्धमा घाइते सैनिकहरुको स्वास्थ्य सेवामा नाइटिङ्गेलले गरेको सेवालाई सम्झँदै ‘द लेडी विथ द ल्याम्प’ भनेर संवोधन गरिएको थियो । उनको जन्म फ्लोरेन्सको उच्च परिवारमा सन् १८२० मई १२ मा भएको थियो । सोहि दिनको सम्झना स्वरुप हरेक वर्ष अन्तराष्ट्रिय नर्सिङ दिवस मनाइने गरिएको हो । 

नेपालमा अझैपनि सयौंको संख्यामा नर्सहरुको आवश्यक्ता भएपनि सरकारले नर्सिङ पेशा र शिक्षालाई महत्व नदिँदा निकट भविष्यमा नर्सहरुको खाँचो पर्ने देखिएको छ । सरकारले नर्सिङ कलेजहरु बन्न गराउँदा जनशक्ति अभाव देखिएको हो । 














0 प्रतिकृया