Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


बालकुमारीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
बैशाख, ३१, २०८१


बालकुमारीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । सामाजिक उत्तरदायित्व अन्तरगत काठमाडौं मेडिकल कलेजले काठमाडौंको बालकुमारीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । केएमसीले नेपाल विद्यार्थी संघसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । 

शिविरमा ५३० जना बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । एनसिआइटी कलेजमा सञ्चालित शिविरमा ४५ जनाको इसिजी, ७७ जनाको ल्याब परीक्षण, ९८ जनाको भिडियो एक्सरे गरिएको छ । साथै, २३ जनाको दाँत खोलिएको तथा २२ जनालाई ओ.टी. रेफर गरिएको केएमसीका जनरल मेनेजर दाहालले जानकारी दिए । 

केएमसीको स्वास्थ्य सेवालाई घरघर पुर्याउने अभिप्रायले नियमित रुपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिँदै आइरहेको छ । कलेजका सञ्चालक समेत रहेका सांसद डाक्टर सुनिलकुमार शर्माले सुदुरपूर्व देखि सुदुरपश्चिम क्षेत्रका दुर्गम गाउँहरुमा विशेषज्ञ चिकित्सकहरु समेत लगेर निःशुल्क स्वास्थ्य शिविर चलाउँदा लाखौं नागरिक लाभान्वित भइरहेका छन् । 
















0 प्रतिकृया