केएमसीमा अब नाक र अनुहारकाे प्लास्टिक सर्जरी सेवा
एक्सन खबर
काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)ले नाक र अनुहारको प्लाष्टिक सर्जरी सेवा सुरू गरेकाे छ । अस्पतालका अनुसार नाक, कान, घाँटी रोग विशेषज्ञ डा. नयनबहादुर महतोले नाक र अनुहारको प्लाष्टिक सर्जरी सेवा सुरू गरेका हुन् ।
बेलायतबाट फेलोशिप इन राइनोप्लास्टी तथा फेसियस प्लाष्टिक सर्जरीमा अध्ययन गरेकाे डा. महताेले केएमसीमा विगत ६ वर्षदेखि सेवा दिइरहेका छन् । डा. महताेले नाक र अनुहारका विभिन्न दश सेवा दिइरहेकाे केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । ‘डा. महताे केएमसीमा ६ वर्षदेखि कार्यरत हुनुहुन्छ । उहाँ वरिष्ठ प्लास्टिक सर्जन हुनुहुन्छ । नाक तथा अनुहारकाे प्लास्टिक सर्जरीमा उहाँसँग लामाे अनुभव र विशेषज्ञता छ ।’ जनरल मेनेजर दाहालले भने ।
डा. महताेले नाकको आकार मिलाउने सर्जरीदेखि, अपर ब्लेफारोप्लाष्टि (आँखाको ढकनी झुलेको मिलाउने, लोअर ब्लेफारोप्लाष्टि (अन्डरआइ ब्याग हटाउने सर्जरी), मंगोलियन आँखामा मुन्द्री बनाउने, ठाडो कानको आकार मिलाउने, गालामा डिम्पल बनाउने सर्जरी, अनुहारको चाउरीपन हटाउने सर्जरी, चिउँडो बढाउने वा घटाउने सर्जरी, ओँठको शल्यक्रिया, काटेको दाग घटाउने सर्जरी गर्छन् ।
केएमसीलाई अत्याधुनिक बनाउन विभिन्न प्रकारका स्वास्थ्य सेवाहरू थप गरिएका छन् । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद समेत रहेका डा. सुनिल कुमार शर्माले केएमसीकाे ब्यवस्थापन सम्हालेसँगै त्यहाँकाे स्वास्थ्य सेवालाई अत्याधुनिक र विशेषज्ञ विज्ञ बनाइँदै गइएकाे छ । जनताले सर्वसुलभ शुल्कमा गुणस्तरीय र अत्याधुनिक स्वास्थ्य सेवा प्राप्त गरून् भन्ने उद्देश्यले केएमसीका सेवाहरू अन्य अस्पतालहरूकाे दाँजाेमा सस्ताे बनाइएकाे छ ।
पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै दूरदराजमा स्वास्थ्यकाे पहुँचबाट विमुख नागरिकलाई सेवा दिइरहेका डा. शर्माकाे अभियानले लाखाैं गरिब, विपन्न, असहाय नागरिक लाभान्वित भइरहेका छन् ।
0 प्रतिकृया