Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


ललितपुरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविरबाट ६ सय बढी बिरामी लाभान्वित

एक्सन खबर
जेठ, ५, २०८१


ललितपुरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविरबाट ६ सय बढी बिरामी लाभान्वित

काठमाडौं । सामाजिक उत्तरदायित्व अन्तरगत काठमाडौं मेडिकल कलेजले ललितपुरको बालकुमारीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेकोमा ६ सय बढी बिरामी लाभान्वित भएका छन् । केएमसीले रोट्राक्ट क्लब बालकुमारीसँगको सहकार्यमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ६३३ जना बिरामी लाभान्वित भएका हुन् । 

शिविरमा ४४ जनाको इसिजी, ८७ जनाको ल्याब परीक्षण, ९५ जनाको भिडियो एक्सरे गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा १७ जनाको दाँत खोलिएको छ भने, २२ जना बिरामीलाई थप उपचारकालागि ओ.टी. रेफर समेत गरिएको छ । 

शिविर ललितपुर महानगरपालिका वडा नं. ७ को सहयोगमा शान्ति विद्याश्रममा गरिएको थियो । शिविरमा केएमसीमा नाक कान घाँटी, बाल रोग, स्त्री तथा प्रसुति, जनरल मेडिसिन, नसा तथा हाडजोर्नी विभागका चिकित्सकले सेवा दिएका थिए । सांसद समेत रहेका केएमसीका सञ्चालक डा. सुनिलकुमार शर्माले आम नागरिकलाई घरदैलोमै केएमसीको स्वास्थ्य सेवा पुर्याउन निःशुल्क स्वास्थ्य शिविर चलाउँदै आइरहेका छन् । 


















0 प्रतिकृया